दोलखामा कोरोनाको आरडीटी परीक्षण रिपोर्ट एकजनामा ‘पोजेटिभ’

 अनलाइनखबर पाटी     ७ जेष्ठ २०७७, बुधबार

नबराज चौलागाईं – जेठ ७, दोलखा । दोलखा जिल्लामा  पहिलोपटक कोरोना भाइरस संक्रमणको आरडीटी परीक्षणको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बुधबार ९७ जनामा आरडीटी परीक्षण गरिएकोमा एकजना पुरुषको रिपोर्ट ‘पोजेटिभ’ देखिएको संकट व्यवस्थापन समिति दोलखाका प्रवक्ता विभुकुमार झाले जानकारी दिए ।

आरडीटी ‘पोजेटिभ’ देखिएका पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द चरिकोटको आइसोलेसनमा राखिएको छ । पुरुषको स्वाब तत्काल संकलन गरेर पीसीआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाईने प्रवक्ता झाले जानकारी दिए ।

यस अघि पाँचपटक गरी दोलखा जिल्लाबाट पठाईएको १५ जनाको कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

ट्राभल हिस्ट्री भएका सहित लकडाउनमा दोलखा आएका १२२ महिला र ४४२ पुरुष गरी ५६४ जनामा गरिएको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट