दोलखामा एक जनामा कोरोना पुस्टि – अबस्था गम्भीर

 अनलाइनखबर पाटी     १५ जेष्ठ २०७७, बिहीबार

जेष्ठ १५, दोलखा – दोलखा जिल्लाको भिमेश्वर नगरपालिका २ तिखातलका एक बृद्धमा कोरोना पोजेटिभ देखिएपछि उनमा कसरी संक्रमण भयो, भन्ने बारे अध्ययन थालिएको छ । ७६ वर्षिय ती बृद्धलाई घरमा वा अस्पतालमा उपचारका क्रममा संक्रमण भयो भन्ने एकिन गर्न कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पताल भर्ना भएका उनलाई जेठ ११ गते काठमाण्डौं स्थित केएमसि रिफर गरिएको थियो ।

सुगरका बिरामी रहेका बृद्धमा रक्तचाप समेत बढेर टाउकोमा समस्या देखिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको आशंकामा सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज भनो गरिएको थियो । उनको स्वाबको नमुना दुई पटकसम्म परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि केएमसि, दोलखा अस्पतालका स्वास्थ्यकर्मी र अन्यको ट्रेसिङको काम सुरु गरिएको हो ।

संक्रमित बृद्ध घर बाहिर कम डुल्ने स्वभावका थिए । तर उनका घरमा रहँदा वा अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण भयो भन्ने एकिन गर्न कन्ट्याक्ट टे«सिङको काम सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अहिले उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भैसकेको छ । उनका अनुसार दोलखा अस्पतालका ६ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाईनमा राखेर परीक्षण थालिएको छ भने बृद्धको घरमा पुगेका एक सैनिक जवान र उनको सम्पर्क गरेका अन्यको समेत परीक्षण गरिँदैछ ।

कोरोना संक्रमण पुष्टि भएपछि बृद्धलाई केएमसिबाट शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरी भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । उनी भारतीय सेनाका निवृत्त सैनिक हुन् । तर उनी पेन्सन लिन लकडाउन अघि नै गाडी रिजर्भ गरेर जाने गर्थे ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट