मेलुङ गाउपालिकालाई काँग्रेसको चेतावानी-बिकासको नाममा मनोमानी किन?

 अनलाइनखबर पाटी     १६ जेष्ठ २०७७, शुक्रबार

मन्दिप राज कार्की – जेष्ठ १६ दोलखा | दोलखा जिल्लाको मेलुङ गाउपालिकाले बिकासको नाममा मनोमानी गरेको भन्दै गाउपालिका प्रमुखलाई काँग्रेसले चेतावानी सहित ज्ञापन पत्र बुझाएको छ |

मेलुङ गाउपालिकाले वडा न. १ पवटीमा बिकासको नाममा मनोमानी गरेको भन्दै नेपाली काँग्रेस मेलुङ गाउपालिका वडा न. १ पवटीले १० बुधे ज्ञापन पत्र बुझाएको हो |

बिज्ञप्तिमा वडा कार्यालयले दियालेखर्क खोप केन्द्र निर्माणमा आफ्नो मनोमानी ढंगले समिति चयन गरिएको र समितिले नक्कली दस्तखत गरि भुक्तानी समेत लिएको हुँदा तत्काल छानविन गरि कारवाहीको माग गर्दै ध्यानाकार्षण गराएको छ |

वडामा जनप्रतिनिधिहरुसंग पटक पटक सहकार्य गर्दा कुनै पनि कार्यको थालनी गर्नु अगावै स्थानीय सरोकारवाला नागरिकको  प्रत्यक्ष सहभागितामा मात्रै योजना तर्जुमा देखि मुल्यांकन तथा सार्वाजनिक सुनुवाई समेत गर्छु भन्ने बचन बद्दता ब्यक्त गरेपनि ब्यबहारमा भने कहिल्यै उतार्न नसक्ने जनप्रतिनिहरुबाट नागरिकले सुशासनको महशुस कहिले पाउने भन्दै आक्रोशित एक अगुवा स्थानिले बताए |

त्यसै गरि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानि, सिंचाई, अतिक्रमित सार्वाजानिक भू-भागका लगाएका समग्र पवटीको बिकासका बिषयमा वडा अध्यक्ष इक्ष्वर कोइरालालाई पटक-पटक बिज्ञप्ति सहित वडा कार्यालयमा सुझाव दिदाँ समेत बेवास्ता गरेपछि पवटी काँग्रेसले गाउपालिका समक्ष पवटीमा भएको अनियमितालाइ टुलु टुलु हेरेर बस्न नमिल्ने भन्दै तत्काल नियमन गरि कारवाहीको प्रक्रिया अगाडी बढाउन १० बुदे बिज्ञप्ति बुझाएको मेलुङ १ का सभापति शान्त बहादुर कार्कीले अनलाइन खबर पाटीलाइ जानकारी दिए |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट