सामाजिक कार्यमा अघि बढ्दै लक्ष्मी लघुबित्त बित्तीय संस्था ली सिङ्गटी शाखा

 अनलाइनखबर पाटी     २७ जेष्ठ २०७७, मंगलवार

राजन बस्नेत । दोलखा २६ जेष्ठ । लक्ष्मी बैंक लि. को सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तीय संस्था लि.शाखा कार्यालय सिङ्गटिद्वारा संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनको लागी रु. १० हजार सहयोग गरेको छ।
कालिन्चाेक गाउपालिका दाेलखाका उपाध्यक्ष कालिका पाठकलाई शाखाका शाखा पमुख रिता कार्कि र लेखापाल सुगम अधिकारि द्वरा चेक हस्तान्तरण गरिको शाखा प्रमुख कार्की ले जानकारी दिइन् ।
सस्थाले यस अघि पनि सात वटै प्रदेश लाई दुई दुई लाखको दरले १४ र हाल सबै शाखा रहेकाे स्थानिय निकायलाइ गरि जम्मा २१ लाख कोरोना रोकथाम कोषलाई सहयोग गरि सकेको शाखा प्रमुख कार्की ले बताइन् भने आफ्ना सदस्यहरूलाई आगलागी, चट्याङ,बाढीपहिरो जस्ता प्राकृतिक बिपत्तिमा र घर परिबारको उपचारमा समेत सहयोग तथा सामाजिक हितका लागि कार्यहरु गर्दै आईरहेको शाखाकाे शाखा प्रबन्धक रिता कार्कि ले जानकारी दिइन् ।
जुनसुकै बिपतकाे धडिमा अाफ्ना ग्राहक सदस्यहरुलाइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अाफ्नाे स्वास्थकाे ख्याल राख्न र बिभिन्न उपायहरु अपनाउनकाे लागि सुझाव फाेन तथा एसएमएस द्वारा जानकारि गराइ नागरिकलाई सु सुचित समेत गराउन सस्थाले महत्त्वपूर्ण भुमिका खेलेको लक्ष्मी लघुबित्त बित्तीय सस्था सिङ्गटी शाखाले जनाएको छ ।
लक्ष्मी लघुबित्त बित्तीय सस्था सिङ्गटी शाखाले कालिन्चोक गाउँपालिका को लागि आर्थिक सहयोग उपलब्ध गराइ रचनात्मक क्रियाकलाप गरेको भन्दै उपाध्यक्ष पाठक ले विशेष धन्यवाद दिदै सस्थाको प्रगति को कामना बेक्त गरेको थिइन् ।
उपाध्यक्ष पाठकले सरकारी तथा गैरसरकारी सामाजिक संघ सस्था बैंक , लघु बित्त बित्तीय सस्था , लगायतले खेलेको भुमिका सहरानिय र प्रसम्शा योग्य रहेको र अझै थप शसक्त रूपमा अगाडि बढि जनाताको मनोभावना अनुरुप अगाडि बढ्न र नियम ,कानुन लाई समेत ध्यान दिई आफो सेवा अघि बढाउन समेत आग्रह गरिन । राम्रो कार्यका लागि स्थानीय निकायले साथ र सहयोग गर्ने प्रतिबद्धता समेत बेक्त गरिन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट