नेपालमा सलहले ६ सय हेक्टर जमिनको बाली सखाप पार्यो

 अनलाइनखबर पाटी     १७ असार २०७७, बुधबार

काठमाडौँ | मंगलबार दाङमा भित्रिएको सलह किराले जिल्लाको सयौं  हेक्टर जमिनमा लगाईएको बाली नष्ट पारिदिएको छ। मंगलवार भित्रिएको सहल बुधवार सम्म पनि जिल्लाका विभिन्न स्थानमा लगाईएको बालीनाली क्षेति  पुर्‍याईरहेको छ। वुधवार बेलुका सम्मको तथ्यांक अनुसार जिल्लाभर सलह किराले ५ सय ९० हेक्टर जमिनमा लगाएको बालीनाली नष्ट पारिदिएको छ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका दश वटै स्थानीय तहमा सहलले बालीमा ठूलो नोक्सानी पुर्‍याएको छ। केन्द्रका प्रमुख सन्देश धितालका अनुसार सलहले सबै भन्दा बढि क्षेती मकैबालीमा पुर्‍याको छ। मकै पछि तरकारी बालीमा क्षेती पुर्‍याएको छ। ‘जिल्लामा सबै भन्दा बढि सलहले मकै बालीमा नोक्सानी पुर्‍याएको छ,’ धितालले भने ‘मकै पछि तरकारी बालीमा क्षेती  पुर्‍याएको छ।’

कृषि ज्ञान केन्द्रका अनुसार मंगलवार भित्रिएको सलहले सबै भन्दा बढि घोराही उपमहानगरपालिका क्षेत्रको बालीनालीमा क्षेती  पुर्‍याएको छ। घोराही क्षेत्रमा २ सय ५० हेक्टर जमिनमा लगाईएको बालीनाली सखाप पारेको केन्द्रका प्रमुख धितालले जानकारी दिए। घोराही क्षेत्रमा अहिले पनि सलहले नोक्सानी  पुर्‍याईरहेको छ। ‘मकै र तरकारी बालीमा गरि घोराही उपमहानगरको कुल २ सय ५० हेक्टर जमिनमा लगाइएको बाली नष्ट पारेको छ,’ केन्द्रका प्रमुख धितालले भने ‘ घोराही उपमहानगरका विभिन्न स्थानमा अहिले पनि सहल छ, क्षेती  पुर्‍याईरहेको छ।’

यसैगरि तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पनि अहिले सम्म सलह बसिरहेकै छ। वुधवार बेलुका सम्म सलहले तुलसीपुर क्षेत्रको ५० हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गरेको धितालले जानकारी दिएका छन्। ‘तुलसीपुर क्षेत्रमा पनि सलह अँझै छ, भागेको छैन,’ धितालले भने ‘हटाउनका लागि स्थानीयहरुले प्रयास गरिरहेका छन्।’

बंगलाचुली गाउँपालिकामा पनि ५० हेक्टर जमिनमा लगाईएको बालीनाली सलहले नष्ट पारेको छ। यसैगरि दंगलीशरण गाउँपालिकामा बीस हेक्टर जमिनमा लगाईएको बालीनाली नष्ट पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसैगरि राप्ती गाउँपालिकामा डेढ हेक्टर जमिनमा लगाईएको बालीनाली नष्ट पारिदिएको ज्ञान केन्द्रले जनाएको छ। ‘सुरुमा यो पालिकामा आएर बस्न सुरु गर्यो, तर स्थानीयले भगाएपछि त्यहाँबाट सलह पश्चि उत्तर तर्फ लाग्यो,’ केन्द्रका प्रमुख धितालले भने ‘सुरुमै स्थानीयले भगाएका कारण यहाँ त्यति क्षती हुन पाएन।’

यसैगरि सलहले देउखुरीको लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिकामा पनि ठूलो क्षेती  पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यि स्थानीय तहमा भएको क्षेतीको विवरण संकलन भैरहेको र एकिन विवरण आउन बाँकी छ। यसैगरि जिल्लाको बबई गाउँपालिकामा भने सलहको सामान्य क्षेती रहेको कृषि ज्ञान केन्द्रका प्रमुख  धितालले जानकारी दिए।

‘लमही, राजपुर, गढवा गाउँपालिकाको क्षेतीको एकिन विवरण आउन बाँकी छ,’ उनले भने ‘समग्रमा वुधवार बेलुका सम्म सलहले जिल्लाको ५ सय ९० हेक्टर जमिनमा लगाईएको बालीनाली नष्ट पारिदिएको छ।’ यसैगरि पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि सलहले ठूलो क्षेती पुर्‍याएको र त्यहाँको क्षेती विवरण पनि आउन बाँकी छ। केन्द्रका अनुसार वुधवार सम्म पनि यो गाउँपालिकामा सलहले क्षेती  पुर्‍याईरहेको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट