ओली सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन

 अनलाइनखबर पाटी     १८ असार २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै बिहिबार माइतीघर मण्डलामा युवाले प्रदर्शन गरेका छन् ।

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’,‘बिहिबार होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

जय महाकाल युवा समूहको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी युवाहरुले ‘जय महाकाल’ लेखिएको टिसर्ट लगाएका थिए ।

समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले प्रधामन्त्रीका केही कमीकमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने बताए ।

देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट