कृषि विकास बैंक ह्याक गर्ने ह्याकर प्रहरी नियन्त्रमा

 अनलाइनखबर पाटी     २१ असार २०७७, आईतवार

असार २१, काठमाडौँ | गत असोज ७ गते कृषि विकास बैंकको प्रणाली ह्याक गरेर पैसा निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  बैंकको काठमाडौंको न्यूरोड शाखाबाट संगठित रुपमा प्रणाली ह्याक गरि पैसा निकालेको समूहका सौजन तामाङलाई शनिबार साँझ पक्राउ गरी आज जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

संगठित रुपमा प्रणाली ह्याक गरि पैसा निकालेको रकम न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ जम्मा गरी ९५ हजार भुक्तानी लिएका थिए।

प्रहरीका अनुसार श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न  २० लाखको चेक पेश गरेपछि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिहरुको समुहले बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि पैसा झिकेको फेला परेको थियो।

उक्त समूहले कुल ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको आरोपमा प्रहरीले श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालाई यसअघि नै पक्राउ गरिसकेको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट