प्राचीन पर्यटकीय पोखरीको संरक्षण गर्दै मेलुङ गाउँपालिका

 अनलाइनखबर पाटी     २७ असार २०७७, शनिबार

शोभित उप्रेती-असार २७ दोलखा | दोलखा जिल्लाको  मेलुङ गाउपालिकामा पर्ने प्राचीन प्राकृतिक रूपमा निर्मित भेड्पु पर्यटकीय पोखरीको संरक्षणमा मेलुङ गाउँपालिका जुटेको छ । परापूर्व कालदेखि भेड्पुस्थित प्राकृतिक रूपमा निर्मित भेड्पु पर्यटकीय पोखरीको संरक्षणमा जुटेको हो ।

मेलुङको पर्यटकीय गन्तव्यहरु मध्ये एक बन्न सक्ने भएकाले गाउँपालिका पोखरी संरक्षणमा जुटेको मेलुङ गाउँपालिका कार्यपालिकाका सदस्य तथा वडा न. ६ का अध्यक्ष कुसुम लामाले बताए ।

पर्यटकीय भेड्पु पोखरी संरक्षण अन्तर्गत चालू आर्थिक वर्षमा पोखरी वरिपरी तारबार लगाउने सोलिङ गर्नु पर्नेमा तारवारको काम सम्पन्न भएको मेलुङ गाउँपालिका स्रोतले अनलाइनखबर पाटीलाई जानकारी दिएको छ । मेलुङ गाउँपालिका–४ मा पर्ने भेड्पु पोखरीको संरक्षणका लागि तारबार लगाउने तथा सोलिङ गर्ने कार्यका लागि चालू आर्थिक वर्षमा रू. १५ लाख खर्च गर्नु पर्ने स्रोतले जनाएको छ |

शैलुङको काखमा रहेको यो पोखरी पर्यटकीय महत्वका दृष्टिले पनि उत्कृष्ट रहेको लामाको भनाइ छ ।

प्रशिद्द पर्यटकीयस्थल शैलुङ जाने बाटैमा पर्ने यो प्राचिन पोखरी पर्यटकहरुको नजरबाट हट्न नसक्ने र यहाँ भएका अन्य धार्मिक सम्पदाहरुको समेत मर्मत सम्भार गरि लैजाने हो भने गाउपालिकाको दीर्घकालीन आम्दानीको स्रोत समेत बन्न सक्ने लामाको दाबि छ |

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट