दोलखाको मेलुङ गाउँपालिकाले व्यवसायिक कृषकलाई “पुरस्कार र अनुदान” दिने
अनलाइनखबर पाटी ५ श्रावण २०७७, सोमबारसाउन ४ दोलखा | दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिँदै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ ।
कृषि प्रदान देश भनेर चिनिने नेपालमानै कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि उत्पादनलाई बढवा दिन भन्दै गाउँपालिकाले खाद्यन्न तथा फलफुल र तरकारी बढी उत्पादन गर्ने कृषकका लागि यस्तो कार्यक्रम ल्याएको हो ।
यस आर्थिक वर्षभरी तुलनात्मक रुपमा धेरै कृषि उपज उत्पादन गर्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेटमा उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था गरिएको छ । कृषकहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई उचित पुरस्कारको व्यवस्था गरिने छ, नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले व्यवसायिक कृषि उत्पादनमा कृषकलाई आकर्षित गर्न हरेक वर्ष मेलुङ उत्कृष्ट कृषक घोषणा गर्ने योजना समेत ल्याएको छ । अध्यक्ष श्रेष्ठका अनुसार उत्कृष्ट घोषित कृषकलाई प्रोत्साहन स्वरुप थप अनुदान दिने व्यवस्था मिलाईने र त्यसका लागि गाउँपालिका भित्र सबैभन्दा बढी कृषि उत्पादन गर्ने कृषक प्रतिस्पर्धाका आधारमा छनौट गर्ने नीति गाउँपालिकाले लिएको छ ।
बिशेष गरि अन्नवाली, आलु, सुन्तला लगायतका फलफुल र तरकारीको बढी उत्पादनलाई मुल्यांकनको आधार बनाईनेछ । कृषिको व्यवसायिकरण र आत्मानिर्भर बनाउन, युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार बनाउन र बाँजो जग्गाजमिन समेत प्रयोगमा ल्याई कृषि क्षेत्रलाई उकास्न गाउँपालिकाले ठोस कार्यक्रम ल्याएको हो ।
कोरोना भाइरसका कारण विषम परिस्थितिमा विदेशमा पनि रोजगारीको अबसर कम हुने हुँदा युवाहरुलाई गाउँमै व्यवसायिक बनाउइ कृषि पेशा मर्यादित र व्यवसायिक तर्फ उन्मुख गराउदै उत्कृष्ट कृषकहरुलाई कृषि उत्पादन ढुवानीमा समेत अनुदान दिईने गाउपालिकाले जनाएको छ ।
मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिँदै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठ जैविक पालिकाको रुपमा विकास गर्न, खाद्यन्न तथा तरकारीमा आत्मानिर्भर बनाउन यो कदम चालिएको बताउँछन् ।
कृषिको व्यवसायिकरणलाई अभियानकै रुपमा अघि बढाउने गाउँपालिकाको लक्ष्य छ, हामी कृषि क्षेत्रलाई समृद्धिको आधार र सूचकका रुपमा स्थापित गर्न चाहान्छौं भनेर समेत विभिन्न कार्यक्रममा गाउपलिकाका अध्यक्ष श्रेष्ठले भन्ने गरेको बिषय यस बर्ष गाउपालिकाको नीति, कार्यक्रम र बजेट समाबेस भएको छ |
Leave a Reply