थाल र सिटी बजाउँदै जनकपुरमा विरोध प्रर्दशन, आन्दोलन शसक्त हुँदै

 अनलाइनखबर पाटी     १४ श्रावण २०७७, बुधबार

धनुषा। दलितमाथि भइरहेका हत्या, बलात्कार लगायतका घटनाको विरोधमा धनुषाको जनकपुरमा सिटी र थाल बजाउँदै प्रर्दशन गरिएको छ ।
संयुक्त दलित संघर्ष समिति प्रदेश दुईको दोस्रो चरणको आन्दोलन अन्र्तगत मंगलबार जनकपुरमा प्रर्दशन गरिएको हो ।

गाउँ गाउँबाट आएका प्रर्दशनकारीहरुले थाल र सिटी बजाउँदै दलितमाथि भइरहेका हत्या हिंसा र बलात्कार लगायतका घटनामा संलग्नलाई हदैसम्मको माग गर्दै शान्तीपुर्ण र्याली गर्दै जिल्ला प्रशासन कार्यालयमा गएर धर्ना दिएको समितिका संयोजक चन्देश्वर दासले बताए ।

पछिल्लो केहि महिना यता देशैभरी श्रृङ्खलाबद्ध रुपमा भइरहेका दलित हत्या, बलात्कार, विभेद र अत्याचार लगायतका घटना विरुद्ध आफुहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त दलित संघर्ष समिति प्रदेश दुईका संयोजक चन्देश्वर दासले अनमोलपोस्टलाई बताए ।

दलितमाथि भइरहेका जघन्य अपराधका घटनामा संलग्नलाई हदैसम्मको कारवाही नभएसम्म आफुहरुको आन्दोलन जारी रहने संयोजक दासले बताए ।

समितिले रुकुममा भएको नवराज विक हत्या लगायत मोरङमा राजेश ऋषिदेव, सप्तरिमा त्रिभुवन राम, सिराहामा रोसन मोचि, धनुषामा शंभु सदा, राजु सदा र रुपन्देहीमा अंगिरा पासीको हत्याको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको छ । जसअन्र्तगत आज थाल र सिटी बजाएर प्रर्दशन गरिएको हो ।

आन्दोलनकै कार्यक्रमअनुसार साउन १५ गते प्रदेश दुई विभिन्न जिल्लाहरुमा मिरदङ्ग, मादल बजाउदै पोस्टर पम्पलेट टाँस्दै सिडिओ कार्यालय अगाडी धर्ना र साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बसिनेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट