विद्यालय सञ्चालन गर्ने प्राचार्य पक्राउ

 अनलाइनखबर पाटी     १६ श्रावण २०७७, शुक्रबार

काठमाडौँ | लकडाउनको नियम उल्लंघन गर्दै विद्यालय सञ्चालन गरेका भनेर एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला सदरमुकाम गौरमा विद्यालय सञ्चालन गरेका प्राचार्यलाई बिहीबार रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सदरमुकाम गौरस्थित मित्र मेमोरियल बोर्डिङ स्कुलका प्राचार्य नरेश केसरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कोरोना संक्रमणको जोखिम बढेको तथा सरकारले विद्यालयहरू सञ्चालन नगर्न दिएको निर्देशनलाई उल्लंघन गरेको भन्दै प्रहरीले प्राचार्य केसरीलाई नियन्त्रणमा लिएको हो ।

विद्यालय सम्बन्धी लकडाउनलाई नमानेको गुनासो बढेपछि प्रहरीले प्राचार्य केसरीलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट