ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल – एसएसपी सहित ३७५ जना क्वारेन्टिनमा

 अनलाइनखबर पाटी     १८ श्रावण २०७७, आईतवार

राजन उप्रेती – साउन १८ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालसहित ३७५ जना ब्यारेक–ब्यारेकमै छन । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *