दोलखामा ८३ जना कोरोना संक्रमितको सम्पर्कमा – स्वाब परीक्षण गरिँदै

 अनलाइनखबर पाटी     २८ श्रावण २०७७, बुधबार

शोभित उप्रेती – साउन २८ दोलखा |  दोलखा जिल्लाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकामा पछिल्लो पटक कोरोना संक्रमण देखिएका दुई जना व्यक्तिसँग ८३ जना सम्पर्कमा पुगेको पाईएको छ । बुधवार उनीहरुको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कन्ट्याक्ट टेसिंग गर्दा ८३ जना व्यक्तिहरु उनीहरुको प्रत्यक्ष सम्पर्कमा पुगेको देखिएको हो ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी देखि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुरी पुगेका विरामी रहेका छन् । उनीहरु सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईदैछ ।

३ जना जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, संक्रमित स्वास्थ्यकर्मीबाट उपचार गराएका बिरामी सहित ८३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधवारनै पठाईदैछ । “संक्रमण देखिएसँगै सिंगो वडानै सिल गरेर उच्च सतर्कता अपनाईएको छ, आँतिहाल्नुपर्ने अवस्था छैन, क्वारेन्टाईनमा बसेका ५ जना र अन्य ७५ जनाको स्वाब संकलन गरिएको हो । जसमा ३२ जना महिला रहेका छन् । यसैगरी गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्का सहित ३ जनाको काठमाण्डौंमै स्वाब संकलन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला थामीका अनलाइनखाबर् पाटीलाइ जानकारी दिइन  ।

यही साउन २५ गते ७ जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएकोमा दुबईबाट आएका र प्राथमिक स्वास्थ्य केन्द्र सुरीमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।

बिदेशबाट आएका संक्रमित पुरुष सिधै क्वारेनटाईनमा बसेको बताईए पनि स्वास्थ्यकर्मीमा कसरी संक्रमण भयो भन्ने बारे एकिन हुन सकेको छैन । ट्राभल हिष्ट्री हेर्दा उनी करिव एकसाता काठमाण्डौं बसेर फर्किएको देखिएको छ । होम आईसोलेसनमा बसेका उनको अवस्था अहिले सामान्य छ । बिदेशबाट फर्किएका संक्रमित पुरुषलाई थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याईएको छ ।

दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरीशंकर गाउँपालिका वडा नम्बर ५ लाई सिल गरिएको छ । गाउँपालिकाको कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र सुरीको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट