दोलखा जिल्ला एक साताका लागि लकडाउनको घोषणा

 अनलाइनखबर पाटी     ३० श्रावण २०७७, शुक्रबार

शोभित उप्रेती – साउन ३० दोलखा | दोलखामा  कोरोना भाईरसबाट संक्रमित हुनेहरुको पछिल्लो तथ्याङ्कअनुसार गौरीशंकर गाउँपालिका संक्रमितहरुको ‘हटस्पट’ बन्दै गईरहेको छ । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको २ जना र कालिन्चोक गाउपालिकामा १ जनालाई कोरोना संक्रमण भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

कोरोना संक्रमण फैलिन नदिन तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन दोलखामा एक साता लकडाउन घोषणा गरिएको छ । ४ दिनको अवधिमा दोलखामा ८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै लकडाउन घोषणा गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले साउन ३१ गते बिहान ६ बजे देखी भदौ ६ गते राति १२ बजे सम्म लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हिडडुलमा पुर्ण रुपमा निषेध गरिएको छ ।

त्यसैगरि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरु बन्द हुनेछ । जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक साथै जिल्लाभरका बजार पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक वस्तु विक्री गर्ने पसलहरु खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजे सम्म खुल्ला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

यस अघि २७ गते मंगलबार गौरिशंकर गाउँपालिकामा १ स्वास्थ्यकर्मी सहित विदेशबाट आएका पुरुष गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार कालिञ्चोक गाउँपालिकामा भारतबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार गौरिशंकर गाउँपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलरबार कोरोना पुष्टि भएका २ जनाको सम्पर्कमा गएका ८३ जनाको स्वाव परिक्षणका क्रममा आज शुक्रबार ४ पुरुष सहित एक महिलामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट