सिन्धुपाल्चोकको लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

 अनलाइनखबर पाटी     ३० श्रावण २०७७, शुक्रबार

साउन ३० काठमाडौं | सिन्धुपाल्चोक जिल्लाको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा पुरीएकाहरुको शब निकालिए पनि सनाखत भने हुन सकेको छैन ।

पहिरोमा पुरीएका मध्ये पुरुष दुइ,बालिका दुइ,महिला तिन र चार बालक रहेको उनले जानकारी दिए | गाउँमाथिबाट खसेको पहिरोले १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ३७ वटा घरमा ठूलो क्षति भएको छ । पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने २७ जना हराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट