खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु
अनलाइनखबर पाटी ३२ श्रावण २०७७, आईतवार
कालिकोट | कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। आमाको वार्षिक तिथिमा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ तानकोटबाट माइत आएकी ३३ वर्षीया देवा बोहोरासहित उनका तीन छोराछोरीलाई शनिबार बेलुका खोलाले बगाउँदा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाका अनुसार शनिबार बेलुका माइती घरबाट दिदी रामपुरा बुढाको घर रहेको उच्छव गाउँ जाने क्रममा दुदुली खोलाले बगाउँदा देवासहित १४ वर्षीया छोरी विपना बोहरा, चार वर्षीय छोरा हेमन्त बोहोरा र एक वर्षीया छोरी आकृति बोहराको मृत्यु भएको हो। उनी अछामबाट २९ गते छोराछोरीसहित आमाको तिथि मान्न कालिकोट आएकी थिइन्।
Leave a Reply