मेलुङ गाउँपालिकाद्धारा भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय

 अनलाइनखबर पाटी     १ भाद्र २०७७, सोमबार

शोभित उप्रेती – साउन ३२ दोलखा ।  दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले कोरोना संक्रमण समुदायमा फैलिन नदिन आजबाट यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको गाउपालिकाको सुचनामा उल्लेख छ । सुचना  अनुसार गाउँपालिकाको कार्यालय र वडा कार्यालयकाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा भदौ १५  गतेसम्मको लागि बन्द गरिएको हो ।

मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माको हस्ताक्षर भएको सुचना अनुसार पछिल्ला दिनमा नेपालभर कोरोना संक्रमण बढदै गएको र समुदाय स्तरमा समेत फैलिन सक्ने परिस्थितिलाई मध्यनजर गरेर गाउपालिका स्तरीय संकट व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वयन गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, आजबाट गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुका प्रवाह हुने अत्यावश्यक सेवा बाहेका अन्य सबै  किसिमका सेवा भदौ १५  गतेसम्मका लागि बन्द गरिएको जानकारी गरिन्छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट