पोखरामा करिब डेढ केजी गाँजासहित २ युवक पक्राउ

 अनलाइनखबर पाटी     ६ भाद्र २०७७, शनिबार

कास्की | कास्की जिल्लाको पोखरामा करिब डेढ केजी गाँजासहित २ युवक पक्राउ परेका छन् । कास्की प्रहरीले १ किलो ४ सय ६० ग्राम गाँजा (लागूऔषध) सहित पोखरा -२७ अर्घौचोक बस्ने २३ वर्षीय सन्दीप विक र कालीगण्डकी बस्ने २९ वर्षीय किशोर तिमिल्सेना पक्राउ परेको जनाएको हो ।

इलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ती टोलीले चेक जाँचको गर्ने क्रममा ग ५ प ५८७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रहरीले पोखरा -२७ स्थित ज्यामिरेकुनामा चेक जाँचको गर्ने क्रममा उनीहरूको साथबाट २० ग्राम गाँजा फेला पारेको र नियन्त्रणमा लिई सोधपुछ गर्दा सन्दीपको कोठाबाट थप १ किलो ४ सय ४० ग्राम गाँजा फेला परेको डिएसपी हमालले बताए ।

प्रहरीले उनीहरूले प्रयोग गरेको दुई थान मोबाइल सेट र सवार रहेको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट