सिंगटी खोलामा हाम फाल्ने युवा वेपत्ता

 अनलाइनखबर पाटी     ८ भाद्र २०७७, सोमबार

दोलखा | दोलखा जिल्लाको सिंगटी खोलामा हाम फालेका एक युवक वेपत्ता भएका छन् । धादिङ घर भई सिंगटी स्थित ग्रील उद्योगमा कार्यरत २० वर्षिया रुपक परियार बर्खाको उर्लदो बेलामा हाम फालेर युवक  वेपत्ता भएका हुन् ।

सोमबार  दिउँसो करिव २ः४५ बजे परियार खोलामा हाम फालेका थिए । हामफालेका परियारलाई खोलाले बगाई वेपत्ता बनाएको इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

वेपत्ता भएका परियारको तिव्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । परियार लकडाउन हुनु अघि सिंगटी आएका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट