अर्गानिक किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा ल्याइदै
अनलाइनखबर पाटी १३ भाद्र २०७७, शनिबार
भदौ १३ काठमाडौं । माउण्ट एभरेष्ट वाइनरीले धनकुटामा उत्पादन भएको अर्गानिक किबी फलबाट बनेको प्रिन्सेस वाइन बजारमा ल्याउने भएको छ। कम्पनीलेे लकडाउनको बीचमै वाइन बजारमा ल्याउने भएको हो। कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले किबी फलसँगै अन्य फलफूलबाट वाइन उत्पादन गरेर बजारिकरण गर्ने तयारी भइरहेको बताए। वाइन केही दिनमै नेपालको प्रमुख सहरमा पु¥याउन लागिएको छ। नेपाली युवा युवतीलाई लक्षित गरि उत्पादन गरेको वाइन अन्य वाइन भन्दा फरक रहेको कम्पनीले जनाएको छ। धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषकसमेत लाभान्वित भएका छन्। रातो र सेतो वाइन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए ।
Leave a Reply