२४ घण्टा भित्र कुकुर आंतक नियान्त्रण गर्न सरोकारवालालाई दोलखा काँग्रेस आग्रह

 अनलाइनखबर पाटी     १० आश्विन २०७७, शनिबार

शोभित उप्रेती – असोज १० दोलखा । दोलखा सदरमुकाम चरिकोट दुई दिन यता कुकुर आंतकबाट आक्रान्त बनेकोछ । भुस्याहा कुकुरको टोकाईवाट दुई दिन यता करिब एक दर्जन सर्वसाधारण नागरिक घाईते भएकाछन ।
कुकुरको टोकाई कारण दोलखाको मेलुङ गाँउपालिकामा तिन जना नागरिको मृत्यू भएपछि आतंकित बनेका दोलखाली नागरिकयति खेर घरबाट बाहिर निस्कनलाई पनि डराउनु पर्ने अवस्था भएकोले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायलाई नेपाली कांगे्रस दोलखाले आग्रह गरेकोछ ।
नेपाली मांगे्रस दोलखाका सचिव सन्तोष रिमालले एक बिज्ञप्ती जारि गरि वृद्ध, वृद्धा, वालवालिका घरवाट बाहिर निस्कन नसक्ने अवस्थामा आउदा सम्म कानमा तेल हालेर स्थानिय प्रशासन र नगरपालिका बसेकोले २४ घण्टा भित्र नियन्त्रण गरी नागरिकको सुरक्षा गरि दिन आग्रह गरेकाछन ।
डेढ महिना दिन अघि देखी कुकुरको टोकाईवाट करिब ४० सर्वसाधारण घाईते हुदै आएका थिए । हिजो आज धेरै नागरिकलाई भुस्याहा कुकुरले टोकी उपचारको लागी काठमाण्डौ पुराउनु पर्ने अबस्था हुदा सम्म चुपचाप बस्ने भिमेश्वर नगरपालिकालाई चेत आओस भनेर बिज्ञप्ती जारि गर्न बाध्यभएको सचिव रिमालले बताए । उनले भने दोलखाका स्वास्थ्य संस्थामा रेविजको ईन्जेक्सन प्राप्त नभएका कारण घाईतेहरुलाई काठमाण्डौ लगिएको हो । अन्यथा भोलीका दिनमा कुनै मानविय क्षति हुन गएमा सो को जिम्मेवारी सम्वन्धित पक्षले लिनु पर्नेछ विज्ञप्तीमा रिमालले उल्लेख गरेकाछन ।
आज विहानै भीमेश्वर नगरपालिका वडा नं. २, तिखातल घुम्तीका विनोद श्रेष्ठलाई घरबाट निस्किँदा निस्किँदै घुँडामा ठूलो चोट हुने गरी टोकेको छ । श्रेष्ठले धुलिखेल अस्पताल दोलखा बजारमा आवश्यक उपचार गरेर र एण्टी रेविज खोप लगाएको बताए । कुकुरले श्रेष्ठको घरनजिकै विरालोको २ ओटा बच्चा पनि खाईदिएको बताए ।
भीमेश्वर नगरपालिका–३, गौतमटोलकी सावित्री गौतम र मैयाँ नेपालीलाई पनि गहिरो चोट हुने गरी टोकेको छ । उनीहरु दुबैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गरिएको छ । घाइते मध्ये गौतमलाई धेरै पटक झम्टि झम्टि टोकेर शख्त घाइते बनाएको स्वास्थ्य केन्द्रले जनाएको छ । सोही कुकुरले शुक्रबार पनि चरिकोट बजारमा एकजनालाई टोकेर घाइते बनाएको थियो । भुस्याहा कुकुुरलाई खोज्न चरिकोट प्रहरी र भीमेश्वर मन्दिरको प्रहरी टोली सहित भीमेश्वर नगरपालिकाका पशु सेवा शाखाका कर्मचारीहरु परिचालन भएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट