कालिञ्चोक गाउँपालिका अशान्तिको थलो बन्यो – विकास शुन्य गतिमा

 अनलाइनखबर पाटी     ११ आश्विन २०७७, आईतवार

शोभित उप्रेती – असोज ११ दोलखा | दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका अशान्तिको थलो बनाएकोमा चिन्ता व्यक्त गदै सयौको संख्यामा युवाहरुले पिले कार्ड बोकी बिरोध सुरु गरेकाछन ।

बर्तमान जनप्रतिनिधिहरुलाई ईंकित गर्दै कालिञ्चोक गाउँपालिकावासी युवाहरुले पालिकामा शान्ती ल्याउनु भयो अ थपेर ,राम्रो बनाउनु भयो न थपेर भन्ने नारा लेखेका पिलेकार्डहर बोकी बिरोध प्रदर्शन गरेकाछन ।

गाउँपालिकाका प्रमुख बिनकुमार थामी र उपप्रमुख कालिका पाठकको आन्तारिक द्धान्द्धको कारण सुरु देखी नै अहान्त बनेको पालिकामा बिकास निमार्णको काम ठप्प छ । बिकासको दृष्टीकोण सम्भवत देशै अन्तिम गाउँपालिका हुनु पर्छ युवा नेता सुदीप शिवाकोटीबताए ।
काँही नभएको किचलो दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको छ। अहिले सम्म गाउँसभाभएको छैन । वजेटबाँडफाँड त परै जाओस कर्मचारीहरुले तलब सम्म खान नपाएको शिवाकोटीले बताए । गाउँसभा नै नगर्ने लथालिङगे पालिकामा गत बर्षमा काम गरेका उपभोक्ता समितिले अहिले सम्म भुक्तानी नपाएको युवा अगुवा सजु शिवाकोटीले बताए ।

नागरिकको सेवाको लागी मात्र नभइउनीहरुको अधिकार स्थापित गर्न कालिञ्चोकका युवाहरुअब पछि नहट्ने सजुले भने । उनले भने जनताले तिरेको करको चरम दुरुपयोग गरि गाडी चढेर घुम्न मा नै ब्यस्त गाउँपालिकाका प्रमुख बिनकुमार थामी र उपप्रमुख कालिका पाठक लाई समाजिकरुपमा तिरस्कार गर्ने अभियान संचालनको तयारीमा रहेको शिवाकोटीले जानकारी दिए । उनी भन्छन पालिका लुट राती राती गाउँपालिका प्रमुख बिनकुमार आउछन दिउँसो कहिलै पालिकाको कार्यालयमा नआएको आरोप युवाहरको रहेकोछ ।

नेकपाको उम्मेदवार भई गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थामी र पाठकको लडई टिकट पाउदा देखी नै सुरु भएको थियो । सिनियर नेतालाई प्रमुख नदिदाको परिणमको कारण विकास शुन्य गति छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट