शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्न जिल्ला प्रशासन दोलखाको निर्देशन 

 अनलाइनखबर पाटी     १५ आश्विन २०७७, बिहीबार

शोभित उप्रेती – असोज १५ दोलखा । दोलखा जिल्लामै कोरोनाको लक्षण सहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड १९,संकट व्यवस्थापन केन्द्रको बैठकले पुनः आजबाट शैक्षिक संस्थाहरु  पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएकोछ । जिल्ला कोभिड १९,संकट व्यवस्थापन केन्द्रले अर्को सुचना नगरे सम्म अनिश्चत रुपमा शैक्षिक संस्था बन्दको निर्णय  गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवम जिल्ला कोभिड १९,संकट व्यवस्थापन केन्द्रका अध्यक्ष रमेश प्रसाद शिवाकोटी शैक्षिक सहजिकरणका नाममा बिद्यालयले बिद्यार्थी बोलाई जर्बजस्ती कक्षा सञ्चालन गरेका जवाफदेही स्वयम बिद्यालय र अभिभावक बन्ने बताए ।
राज्यले तत्काल लाई शैक्षिक संस्थाहरु बन्द गर भन्दा बालबालिकाको ज्यान जोखिममा पारि के प्राप्तिको लागि  शिक्षकहरुले बिद्यार्थी जम्मा बनाएका हुन मैलै गहिरेर बुझ्न बाकि छ उनले भने ।निर्देशनको अपहेलना गर्ने गरेमा जिल्ला कोभिड १९,संकट व्यवस्थापन केन्द्रले कावार्ही गर्ने छ शिवाकोटीले जानकारी दिए ।
जिल्लामा सबै प्रकारका सभा, गोष्ठि, तालिम, सेमिनार पनि गर्न पाईने छैन । बिभिन्न कोरोना संक्रमित जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निणर्य जिल्ला कोभिड १९,संकट व्यवस्थापन केन्द्रले गरेकोछ ।
बैठकले कोरोनाको संक्रमण देखिएको स्थानलाई सम्बन्धीत स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकता अनुसार अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न गराउन निषेध गरिएको छ ।
मठ मन्दिर, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन भने बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाईएको छ ।चाडपर्व लगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु पनि गर्न पाइने छैन भने उद्योग, व्यापार, व्यवसाय, निर्माण कार्य लगायतका कार्र्यका पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरित सञ्चालन गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट