नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना खेलको पूर्व तयारीमा

 अनलाइनखबर पाटी     १७ आश्विन २०७७, शनिबार

काठमाण्डौ | कोभिड १९ का कारण विश्व जगतनै सन्त्रासमा रहेको बेला नेपाली महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री निकट भविष्यमा हुने रास्ट्रिय तथा अन्तरास्ट्रिय क्रिकेट खेलका लागि आफुलाई स्वस्थ बनाउन उमंगका साथ् लागिरहेकी छिन |

यतिबेला आफ्नो  जन्मथलो काकडभिट्टामा छिन। यो विषम परिस्थितिमा कोरोना कहरका कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिनाले खेलको अभ्यास गर्न पाएकी छैनन। यद्दपी उनि फेरी क्रिकेटको बेसलाइनमा छिन, ताकी निकट भविष्यमा हुने रास्ट्रिय तथा अन्तरास्ट्रिय क्रिकेट खेलका लागि आफुलाई स्वस्थ बनाउन उमंगका साथ् लागिरहेकी छिन |

खेलाडीका लागि आवाश्यक पर्ने पूर्व तयारीमा रहने खेल रनिङ्ग ,जिम लगायतका फिटनेस गरेर आफ्नो शरीरलाइ सधै फिट राखीरहेकी छिन। खेलाडीको दिमागी र शारीरिक सन्तुलनमा राख्नुपर्नेमा रुबिना प्रतिबद्द छिन । रुबिनाको रास्ट्रीय टिमको साथीहरुसंग दैनिक फिटनेसको बारेमा भलाकुसारी भैरहेको उनि बताउछिन ।

स्कुल टिफिनको पैसाबाट ब्याट किनेदिने गरेको कुरा अनलाइनखबर पाटीलाइ बताउदै उनि भन्छिन आफुले मात्रै हैन अरुले पनि देशलाई चिनाउनु उत्तिकै जरुरत छ भन्ने लागेर मैले घरबाट बिद्यालय समयमा खाने खाजालाई कटौती गरेर केहि समुहलाई खेल खेल्न उद्दत गर्दै ब्याट बल किनिदिने गरेको थिए जुन कुरा हिजो आजा साथीहरु मलाइ सम्झाउनु हुन्छ जसले मलाइ धेरै प्रेरणा मिल्ने गरेको छ |

रुबिनाको सफलतामा परिवारको राम्रो साथ् छ। गाउँ ,जिल्ला , प्रदेशमा छनौट हुदै रास्ट्रिय टिममा सग्लंन भएकी रुबिनाको पारिवारिक अवस्था कमजोर भएपनि परिवारले साथ् दिएकाले  रुबिनाको सफलता सम्भब भएको हो ।

रुबिनाको बुबा नभयपनि ममी र दाइले पूर्णरुपमा साथ् दिएकै कारण रुबिनाले सफलता प्राप्त गरेकी हुन् | दाइले कुनै समय ब्याट उपहार दिएको कुरालाई निकै सम्झिन्छीन जुन उपहारले उनि यहासम्मको सफलता प्राप्त भयको महशुस गर्छिन |

उपहारको क्षण र रास्ट्रिय टिममा रुबिना चयन हुदा आमाले सपना पुरा गरेको क्षणलाइ खेल जगतकै अविष्मरणीय सम्झनाको रुपमा रहने उनको बनाइ छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट