अपचलन भएको नेकपा दोलखाको प्रतिबेदन-भ्रमक र गलत प्रचारमा नपर्न पालिकाकाे आग्रह

 अनलाइनखबर पाटी     २६ आश्विन २०७७, सोमबार

असोज २६ दोलखा । दोलखा जिल्लाको बैत्येश्वर गाउपालिकामा जग्गा व्यवस्थापन समितिको निर्णय बमोजिम जग्गा विक्री गरेको गाउँपालिकाको प्रतिबेदन सार्वाजानिक भएपछि केही राजनैतिक दलले आफ्नो प्रतिबेदन सार्वाजानिक गरि असन्तुष्टी जनाएकाछन ।

जग्गा व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधिका आफन्तको नाममा जग्गा पास गर्नुको कारण सहित गाउँपालिकाले छानबिन समितिको प्रतिबेदन सार्वाजानिक गरेपछि दोलखाका केही राजनैतिकदलहरु असन्तुष्टी जनाएका हुन ।

बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएकोे भ्रमक र गलत प्रचार भएको छानविन समितले सावित गरे लगतै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले वैतेश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको प्रतिबेदनमा तत्कालिन अबस्थामा नेकपा माओवादी र नेपाली कांगे्रस पार्टीको चुनावी समिकरणमा नेकपा माओवादीबाट उपाध्यक्षको उमेद्धवार भई निर्वाचित रबिचन्द्र आचार्यलाई लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले कार्वाहीको सिफारिस गरेको छ ।

एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार भएकोले जग्गा किनबेच मात्र भएको निष्कर्ष निकाली गाउँपालिकाको जग्गा अपचलन भएकोे भ्रमक र गलत प्रचारमा नपर्न आम नागरिकलाई अपिल समेत गाउँपालिकले गरेकोछ ।

१ हजार ९ वर्गमिटर जग्गा विक्री भएको प्रतिवेदन सम्शेर घिसिङको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरेको छ । छानविन समितिले सोधभर्ना बापत २८ जना जग्गाधनीहरुबाट १३ हजार २ सय ५१ वर्गमिटर जमिन प्राप्त भएको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सो जग्गा मध्ये जग्गा दान गर्ने जग्गादातालाई ११ हजार ३ सय ९३ वर्ग मिटर जमिन शोधभर्ना गरेर बाँकी रहेको १ हजार ९ वर्गमिटर जग्गा व्यवस्थापन समितिको निर्णय बमोजिम विक्री गरेको देखिएको स्पष्ट पारेकाछन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको छानविन समितिको अध्ययन प्रतिवेदन गाउँपालिकाको स्थायी केन्द्रका लागि दान गरेको जग्गा ४३ दशमलव ९ रोपनी मात्रै देखिएको भन्दै स्थायी केन्द्रलाई जग्गा दान गर्ने जग्गादातालाई बाहिरी घेराका जग्गादातावाट जग्गा सोधभर्ना गर्ने क्रममा अपचलन गरिएको सार्वाजानिक गरिएको छ ।

यता नेपाली कांगे्रस दोलखाले भने प्रतिशोधका आधारमा कोही कसैको राजनैतिक जिबन समाप्त पार्ने दुश्प्रयास गरेको प्रचार सुनिएको छ सत्यतथ्य बुझेर मात्र आधिकारिक धारणा राख्ने जनाएकोछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट