एकैदिन दोलखामा १३ जनामा कोरोना संक्रमित पुष्टि
अनलाइनखबर पाटी ५ कार्तिक २०७७, बुधबारशोभित उप्रेती – कार्तिक ५ चरिकोट | दोलखा जिल्लामा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न समयमा पठाइएको ४३ जनाको स्वाव मध्ये १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कात्तिक ३ गते चरिकोट प्राथमीक स्वास्थ्य केन्द्रबाट ३२ जनाको स्वाव संकलन गरि पठाइएकामा ४ जना पुरूष र ३ जना महिला गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको रिपोर्ट भर्खरै सार्वजनिक भएको हो । उनिहरु सबै भीमेश्वर नगरपालिका क्षेत्र भित्रका नागरिक हुन् ।
त्यसैगरि कात्तिक २ गते ११ जनाको स्वाव परिक्षनाको लागी पठाइएकामा आजै ६ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । यो संगै दोलखा जिल्लामा सक्रिय संक्रमितको संख्या २७ पुगेको हो । यो संगै २ जना कोरोना संक्रमितको दोश्रो रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
हालका दिनहरुमा कोरोना संक्रमितको संख्या द्रुतगतिमा अघि बढिरहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै सावधानी अपनाउन स्वास्थ्य कार्यालय दोलखाले आम नागरिकमा अनुरोध गरेको छ ।
Leave a Reply