दोलखामा कोरोना त्रास-आज राती १२ बजेबाट निषेधाज्ञा जारी

 अनलाइनखबर पाटी     ६ कार्तिक २०७७, बिहीबार

शोभित उप्रेती – कार्तिक ६ दोलखा | दोलखा जिल्लामा लगातार कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आज राती १२ बजेदेखि  लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै कारण जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेबाट लागु हुने गरि कार्तिक १४ गते  राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी गरेको हो ।

दोलखामा आज राति देखी कार्तिक १२ गते राति १२ बजे सम्मका लागी सदरमुकाम चरिकोट बजार, दोलखा बजार, तामाकोशी, मैनापोखरी, सिंगटी, बाघखोर बजार लगायतका बजारहरुमा रहेका औषधि पसल बाहेक अन्य पसल, होटल, रेष्टुरेन्ट, शैलुन लगाएतका सबै प्रकारका ब्यबसायहरु पुर्ण रुपमा बन्द गर्ने भएको छ । बजार क्षेत्रका खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजे सम्म मात्रै सञ्चालन हुनेछन् ।

त्यसैगरि अन्य जिल्लाबाट आएका सवारी साधनहरुले बन्द गरिएका बजार क्षेत्र भित्र मानिसहरुलाई सवारी साधनबाट झार्ने र चढाउन पाउने भए पनि लामो समयसम्म सवारी साधन भने बजार आसपास भित्र रोक्न नपाईने निर्णय गरिएको छ ।

समितिका अनुसार कात्तिक ९ गते राति १२ बजे देखी १४ गते राति १२ बजे सम्म बाहिरि जिल्लाका गन्तव्य स्थलहरुसम्म जाने कुनैपनि निजी तथा सार्वजनिक सवारी बाहेक जिल्ला भित्र सञ्चालन हुने निजी सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर स्वीकृति लिएका सवारी साधन अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन, ढुवानीमा प्रयोग हुने सवारी साधन पत्रकार तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।

साथै बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी लगाएतका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनलाई दशै विदा पश्चात कार्यालयमा हाजिर हुन ११ गते पछि परिचयपत्र वाहक कर्मचारीको सवारी साधन सञ्चालन गर्न दिनेछ ।

दोलखा जिल्लामा हालसम्म ७९ जनामा कोरोना संक्रमण पुस्टि भैसकेको छ भने हिजो एकै दिन मात्रै १३ जनालाइ कोरोना संक्रमण देखिए  पछी जिल्ला प्रशासन कार्यालयले यो निर्णय नियको जिल्ला प्रशासन कार्यालय श्रोतले अनलाइनखाबर पाटीलाइ जानकारी दिएको छ |

सदरमुकाम चरिकोटमा हजारौँ सर्वसाधारण किनमेल गर्न आउने क्रममा भीडभाड हुने गरेको  थिए तर कार्तिक ७ गते फुलपातीको दिनबाट सर्वसाधारणको चाप स्वत घट्ने भएपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सर्वसाधारण अचम्मीत बनेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयलाई पालना गर्दै सुरक्षित रहि दशै मान्न प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले सम्पुर्णमा अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट