दोलखामा एकैदिन थपिए २८ कोरोना संक्रमीत

 अनलाइनखबर पाटी     २३ कार्तिक २०७७, आईतवार

कार्तिक २३ दोलखा | दोलखा जिल्लामा एकैदिन २८  जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानबाट विभिन्न समयमा स्वाव परिक्षणका लागी पठाइएकामा आज रिपोर्ट प्राप्त भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा जनप्रतिनिधि, गाउँपालिका र बैंकका कर्मचारी र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारीहरु रहेका छन् ।

दोलखाको मेलुङ गाउँपालिकामा वडा अध्यक्ष सहित पालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक २१ गते शुक्रबार मेलुङ्ग गाउँपालिकाबाट पिसिआर परिक्षणका लागी पठाइएको ३२ जनाको स्वाब मध्ये ११ जना पुरुष र १ जना महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु मध्ये १ जना वडा अध्यक्ष, एक जना स्वास्थ्यकर्मी र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित बाँकी कर्मचारीहरु रहेका छन् ।

शुक्रबार नै जिरी अस्पतालबाट ४ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएकामा एक जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । कोरोना पुष्टि हुने पुरुष जिरीका होटल सञ्चालक हुनुहुन्छ ।

त्यसैगरि कात्तिक २२ गते शनिबार दोलखा अस्पतालबाट २९ जनाको स्वाव पठाइएकामा ७ पुरुष र ५ महिला गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत मध्ये अधिकांश माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारी रहेका छन् ।
कात्तिक २३ गते दोलखा अस्पतालबाट ११ जनाको स्वाव पठाइएकामा १ पुरुष र ३ महिला गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत ४ जना सेन्चुरी बैंकका कर्मचारी हुनुुहुन्छ ।

यसरी आज जम्मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस अघि शुक्रबार दोलखामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भीमेश्वर नगरपालिकाका ५ महिला र ४ पुरुष गरि ९ जना र वैत्यश्वर गाउँपालिकाका १ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो ।

पछिल्लो समय दोलखामा कोरोना संक्रमीतको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दोलखाले भने बाहिरबाट आउँदा अनिवार्य क्वारेन्टिनमा बस्न, स्वाव दिएपछि आइसोलेशनमा बस्न, सामाजिक दुरिको पालना गर्न अनुरोध गरेको छ । त्यसैगरि कोभिड १९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र भिडभाडको हिस्सा नबन्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट