दोलखामा थप आज ८ जनामा कोरोना पुस्टि

 अनलाइनखबर पाटी     २५ कार्तिक २०७७, मंगलवार

कार्तिक २५, दोलखा | दोलखामा आज थप ८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । प्रस्तावित चरिकोट अस्पतालबाट २८ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागी पठाइएको थियो । उनिहरु मध्ये ४ महिला र ४ पुरुष गरि ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

कोरोना पुस्टि हुनेमा ८ जना मध्ये दोलखाको शैलुङ गाउँपालिकाको ४ जना रहेका छन् ।  शैलुङ गाउँपालिकाका ६ जनाको स्वाब संकलन गरी पठाइएकामा २ महिला र २ पुरुष गरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य दुई जना पुरुष मेगा बैँकका कर्मचारी, एक जना पुरुष स्थानीय व्यवसायी र एक सर्वसाधारण महिला रहेको शैलुङ गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु कार्कीले अनलाइनखाबर् पाटीलाई जानकारी दिनुभयो ।

त्यसैगरि भीमेश्वर नगरपालिकाका २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले जानकारी दिनुभयो । संक्रमीतहरु नगरपालिकाको वडा नम्बर ५ र ६ का सर्वसाधारण रहेका छन् ।.

सोमबार मात्रै दोलखामा ६ महिला र ४ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्य १ सय २० जना उपचार पश्चात घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट