पवटीमा नेता लामाको उपस्थितिमा रेडक्रस दोलखाले गर्यो राहत वितरण
अनलाइनखबर पाटी २७ कार्तिक २०७७, बिहीबार
शोभित उप्रेती – कार्तिक २७ दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा आगोलागी हुँदा २ घर जलेर नष्ट भएका परिवारलाई रेडक्रस सोसाइटी दोलखा शाखाले दोलखाका काँग्रेस नेता बर्मा लामाको अगुवाइमा राहत हस्तान्तरण गरेको छ | बिजुलीको तार सर्ट हुँदा ओम बहादुर खड्का र उहाँका बुवा बुद्धि बहादुर खड्काको घर जलेर नस्ट भएको थियो |
परालको माझबाट सुरु भएको आगो उहाँहरुको भुकम्प प्रतिरोधात्मक ढुङगा माटोले बनेको घरमा पुगेको थियो । आगलागीले मानविय तथा चौपाय क्षती नभए पनि ६० मुरी धान, ५ मुरी मकै, ५० पाथी गहुँ , ५० पाथी जौ घासको बिउ, ५ पाथी बेसार, २ बोरा चामल, सुन २ तोला, नगद १ लाख ५० हजार तथा लत्ताकपडा गरि अन्दाजी २० लाख बराबरको क्षेती भएको पिडित परिवारले अनलाइनखबर पाटीलाइ जानकारी दिए |
दोलखा रेडक्रस शाखाले पिडित बाबु छोराको दुइ परिवारलाई कमल २ थान, त्रिपाल २ थान, भाडाकुडा २ सेट, सारी २ थान, सुति कटान २ मिटर, साधा पप्लिन २ मिटर, प्रिन्ट पप्लिन २ मिटर, टेरिकटन २ मिटर, बाल्टिन २ थान, डोरी २ थान, बोरा २ थान, र जेरीक्यान २ सेट राहत वितरण गरेको हो | त्यस्तै राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका पवटी नेता सिताराम कोइराला र संजयकुमार बस्नेतले चामल, तेल, बलान्केट, नुन लगायतका खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेका हुन् | कार्यक्रममा रेडक्रस सोसाइटी शाखा दोलखाले थप सहयोगका लागि आवश्यक पहल गर्ने शाखाका अध्यक्ष गोकर्ण प्रसाद पोखरेलले बताए |
राहत वितरण कार्यक्रममा दोलखा कांग्रेशका नेता बर्मा लामाले राहत सामग्री हतान्तरण गर्दै कुनै पनि बिपत्तिमा नागरिकहरुलाई सहयोग गरिरहेको जानकारी गराउदै घर निर्माण गर्दा आवश्यक पर्ने जस्ता सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो हो |
कार्यक्रममा दोलखा रेडक्रस सोसाइटिका उपाध्यक्ष बाबुकाजी बस्नेत, वडाध्यक्ष इश्वर कोइराला, नेपाली काँगेस पवटीका युवा नेता रबिन बस्नेत, पवटी शाखाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो |
Leave a Reply