तामाकोशी गाँउपालिकामा यसरी हुँदै छ, सरकारी सम्पतिको चरम दुरुपरोग

 अनलाइनखबर पाटी     २७ कार्तिक २०७७, बिहीबार

शोभित उप्रेती – कार्तिक २७ दोलखा | दोलखा जिल्लाको तामाकोशी गाउपालिकामा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको छ | गाउपालिकाको वडा न ५ शहरे पिपलबोट भन्ने स्थानमा अज्ञात समुहले सरकारी सवारीसाधनको दुरुपयो गरि सिकिरहेको अबस्थामा तामाकोशी गाउपालि वडा न. १ भिरकोटका वडा अध्यक्ष महेश काफ्लेले मोटरसाइकललाइ नियन्त्रणमा लिई गाउपालिकालाई जिम्मा लगाई दिएका छन् |

तामोकोशी गाउपालिका  वडा न ५ शहरेले प्रदेश न ३-०२-००८ प ६७४ को मोटरसाइकल प्रयोग गर्दै आएको थियो, तर सो मोटरसाइकल जनताको अपरिहार्य कार्यका लागि नभई वडा अध्यक्ष राजकुमार रोकाह निकटका मानिसलाई सिक्नानका लागि प्रयोग भैरहेको स्थानीय नागरिकहरुको समेत गुनासो छ |

वडा अध्यक्षा राजकुमारको यो मात्र पहिलो दुरुपयोगको घटना भने हैन, अध्यक्ष रोकाहले यस अघि पनि आफ्नै वडाका नागरिकहरुलाई मादकपदार्थ सेवान गरि कुटपिट गरेको उजुरी जिल्ला प्रशासन कार्यालय दोलखामा परेको थियो | सत्ता र शक्तिको आडमा मनोमानी ढंगले कार्य गर्दै आएका उनीलाई पार्टीले त परैको कुरा जिल्ला प्रशासन कार्यालय दोलखाले समेत मरासन्न हुने गरि कुट पिट गरेको भनि दिइएको निबेदन उपर कारवाही समेत गर्न सकेको छैन |

दोलखाको तामाकोशी गा पा वडा नं ५ सहरेको प्रदेश नं ३ -०२-००८ प-६७४ नं को मोटरसाइकल वडाका केही व्यक्तिले सिकिरहेको अवस्थामा तामाकोशी गापा वडा नं १ का अध्यक्ष महेश काफ्लेले जफत गरी बाइकको चाबी गाउँपालिकाको कार्यालयमा बुझाएका छन्। बाइक सिकिरहेको स्थानमा भने कुनै जनप्रतिनिधि तथा कर्मचारी थिएनन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट