राष्ट्रपतिलाई भेट्न शीतल निवास किन पुगे प्रचण्ड ?
अनलाइनखबर पाटी २ मंसिर २०७७, मंगलवार
मंसिर २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।
Leave a Reply