दोलखा भिमेश्वरको शिलामा पसिना – अनिस्ट हुने परम्परागत भनाइ छ

 अनलाइनखबर पाटी     ९ मंसिर २०७७, मंगलवार

मंसिर ९ दोलखा । दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आइरहेको छ । आज दिउँसो १:४३ बजेदेखि पटक पटक मन्दिरको शिलामा पसिना आईरहेकाे वडा अध्यक्ष बिराज श्रेष्ठले जानकारी दिएका छन् ।

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको अध्यक्ष श्रेष्ठले अनलाइनखबर पाटीलाई बताए । दोलखा भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ । यस अघि पनि पसिना आउदा देशमा ठुला घटना हुने गरेको स्थानीयहरुको भनाइ छ ।

भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गरिरहेका छन् ।

तत्कालिन समयमा भिमेश्वरलाई पसिना आउदा राज परिवारवाट क्षमा पुजा हुने गरेपनी हाल भीमसेनको शिलालाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने गरिएको छ ।

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट