नेपाल एग्रो टुरिजमले सयौं रोपनीमा ब्यबसायिक कृषि गर्दै

 अनलाइनखबर पाटी     ४ पुष २०७७, शनिबार

शोभित उप्रेती – पौस ४, दोलखा । दोलखा जिल्लाको मेलुङ गाउपालिकाको पवटी तथा शैलुङ गाउपालिकाको वडा न. ८  मा नेपाल एग्रो टुरिजम प्रा.लिले ब्यबसायिक उत्पादन गर्ने भन्दै  कृषि क्षेत्रमा करोडौं लगानी गरेको छ | अलैची र सुन्तला जोनको रुपमा बिकास गर्ने विश्वासका साथ करोडौं रुपैयाँ लगानी गरेको नेपाल एग्रो टुरिजमका अध्यक्ष जस बहादुर ओख्राबुले बताउनुभयो | सोही अनुसार नेपाल एग्रो टुरिजमले आफनो नीति तथा कार्यक्रममा मूख्य नगदेवालीको रुपमा लगाइने अलैची खेतीलाई प्राथमिकता दिईएको छ ।

नेपाल एग्रो टुरिजमले पहिलो प्राथमिक्तामा अलैची र सुन्तला समावेश गरी अन्य प्रकारका खेतीलाई आउने वर्षमा जोड्दै लैजाने र त्यसका लागि आवश्यक पर्ने मलखादका लागि पहिला दुइ वटा भैसी पालन गरेकोमा यस बर्ष ५ वटा भैसी थपी पशुपालनलाई समेत ब्यबसायिकिकरण गर्दै लैजाने र उत्पादित् दुग्धलाइ डेरीमा पुर्र्याउनेका अलावा कम्पनीले आफुलाई धेरै मालाखाद आवश्यकता पर्ने हुँदा प्रांगारिक मल उत्पादनको तयारीमा समेत रहेको अध्यक्षले बताउनु भयो |

कम्पनीमा दक्ष प्राबिधिक सहितको कामदार भएकाले कुनै पनि उत्पादनको सम्भावना रहेको उहाको भनाइ छ | विश्व ब्यापी कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै अस्तव्यस्त रहेका बेला अन्य प्रकारका औधोगिक कलकारखाना संचालनमा ल्याउन राज्यालाई अझै केहि लामो समय लाग्ने हुदा हाम्रोजस्तो कृषि प्रदान देशमा कृषि उत्पानको विकल्प नरहेको जिकिरसमेत गर्नुभयो  |

कम्पनीले हालसम्म ४०० रोपनीमा अलैची रोपी सकेको र १००  रोपनीमा लगभग दुइ हाजर बोट सुन्तला र कागतीको बिरुवा लगायको हुदा यस वर्ष क्रमस थप गर्दै अलैची सुन्तला लगायत ठुलो भोलममा माटो परिक्षण गरि उपयुक्त जमिनमा नगदेबाली  लसुन, अदुवा, प्याज, कुरिलो, आलु, खुर्सानी रोप्न तयारि गर्दै गरेको साथै यसै वर्षबाट ब्यबसायिक भैसी पालन समेत गर्न कम्पनीले आवश्य आवश्यक स्रोत साधन ब्यबस्थापन गरेको कम्पनीका शेयर कर्ता तथा अलैची बिभाग प्रमुख शिब बहादुर कार्कीले बताउनुभयो |

यस आर्थिक वर्षमा तिनै तहका सरकार तथा सरोकार संघ सस्था र कृषि बिभागहरुसंग सम्बन्ध बिस्तार गरि नेपाली विज्ञ समूह सहित हङकङमा सेमिनार कार्यक्रमका लागि तयारि गर्दै गरेको अध्यक्ष ओख्राबुको बनाइ छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट