कालिन्चोक दर्शन गर्न आएकी ३३ बर्षीय महिलाको मृत्यु

 अनलाइनखबर पाटी     २५ पुष २०७७, शनिबार

पौष २५ दोलखा | दोलखाको कालिन्चोक भगवती मन्दिरमा र्दशन गर्नका लागि आएकी  एक जना दर्शनार्थी ३३ बर्षीय महिलाको मृत्यु भएको छ ।

दोलखाको प्रशिद्ध धार्मिक स्थल कालिन्चोकमा दर्शन गर्न आएकी  मकवानपुर जिल्ला फापरवारी वस्ने ३३ वर्षिय सम्झना रोक्का मगरको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दर्शन गर्न कालिन्चोकको कुरी वजार पुगेको र सामान्य विरामी भई मन्दिर जान नसकी कुरी स्थित संगिता होटलमा आराम गरी वसेको वेला एक्कासी वेहोस भए पश्चात उपचारको लागि चरिकोट ल्याइएको थियो ।

वेहोस भई आज विहान १०:३०  वजे चरिकोट ल्याइएको रोक्का मगरको ११ :३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट