दोलखाको तरुण भेलालाई महामन्त्री कोइरालाले सम्बोधन गर्दै

 अनलाइनखबर पाटी     १८ चैत्र २०७७, बुधबार

शोभित उप्रेती – चैत्र १८ दोलखा | तरुण दल दोलखाले आयोजना गरेको जिल्ला स्तरीय तरुण भेलालाई नेपाली काँग्रेसका महामन्त्री डा. शशांक  कोइरालाले सम्बोधन गर्ने भएका छन |

आगामी चैत्र २६ र  २७ गते हुने कार्यक्रममा दोलखाका नौ वटै स्थानीय तहका नपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखानिय उपस्थिति हुने छन र जसमध्ये करिब ५ सय भन्दा बढी युवालाई प्रशिक्षण दिने निर्णय गरेको तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले जानकारी अनलाइन्खबर् पाटीलाइ जानकारी दिएका छन |

तरुण दल दोलखाकाले आयोजना गरेको जिल्ला भेलाको भोलिपल्ट अर्थात चैत्र  २७ गते जिल्लाको सिमपानी हालमा दोलखाका युवालाई प्रशिक्षण दिने कार्यक्रम तयार भएको उनले बताए। प्रशिक्षणमा सहभागी हुने सम्पुर्ण युवाहरूलाई टि-सर्ट सहित खाने बस्नेको ब्यवस्थापन तरुण दल दोलखाले गरेका छौ,  शेर्पाले भने  |

दोलखा जिल्लामा युवाहरुको लागी यस अघि कुनै खालका प्रशिक्षण कार्यक्रम नभएकाले तरुण दलले गर्न लागेको नेता शेर्पाको भनाइ छ ।

कांग्रेसको भातृ संस्था तरुण दल दोलखालर आउदो चैत २६ र २७ गते दुई दिन बृहत जिल्ला भेला तथा तरुण कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासाङे शेर्पाले अनलाइन्खबर् पाटीलाइ जानकारी  दिएअनुसार चैत २६ जिल्ला स्तरीय भेला तथा आमसभा हुने  र २७ गते तरुण युवा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक काेईराला, नेताहरु बालकृष्ण खाँड, युवाहरुका ढुक्ढुकी नेता गगन थापा, जिपछिरीङ शेर्पा, तरुण दल अध्यक्ष जितजंग बस्नेत लगायतका केन्द्रिय नेता लगायत जिल्ला स्तरीय नेताले गर्ने भएका छन्।  कार्यक्रम दोलखाको सदरमुकाम चरिकोट चोक सातदोबाटोमा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट