बागमती प्रदेशमा समानुपातिक तर्फकी बस्नेत बनिन सामाजिक विकास मन्त्री
अनलाइनखबर पाटी १५ बैशाख २०७८, बुधबारशोभित उप्रेती – बैशाख १५ दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् बुधबार विस्तार गरेका छन् ।मुख्यमन्त्री पौडेलले आज ३ मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।
दोलखा घर भएकी सांसद सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीका नियुक्त गरिएको छ । दोलखा गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरीमा जन्मनुभएकी वस्नेत नेकपा एमालेबाट समानुपातिक तर्फको वागमती प्रदेस सरस्य रहनुभएको थियो ।
सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी बस्नेतलाई नेकपा एमालेले समानुपातिकतर्फ सांसद बनाएको थियो । आज बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे र उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश नेपाललाई नियुक्त गरिएको छ । यसैगरी, सामाजिक विकास राज्यमन्त्रीमा रामकुमार अधिकारी नियुक्त भएका छन् ।
नव नियूक्त मन्त्रीहरुलाई आज साँझ सपथ ग्रहण गराईने कार्यक्रम तय भएको छ ।
Leave a Reply