दोलखामा भर्खरैमात्र थप २८ जनामा कोरोना संक्रमण पुष्टि
अनलाइनखबर पाटी २३ बैशाख २०७८, बिहीबारबैशाख २३ दोलखा | दोलखा जिल्लामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार शैलुङ गाउँपलिकामा -११ जना, कालिञ्चोक गाउँपालिकामा -१२ जना र भीमेश्वर नगरपालिकामा -५ जना गरि आज एकै दिन जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शैलुङ गाउँपालिकाबाट मंगलबार ४७ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएकोमा ८ जना शिक्षक र ३ जना गाउँपालिकाका कर्मचारी गरि ११ जनाको रिर्पोट पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।
कोरोना संक्रमण देखिएका मध्य एक जनामा रुघाखोकीसहितको लक्षण देखा परेको छ भने अन्यको अबस्था सामान्य रहेकाले संक्रमित सबैजना होम आईसोलशनमा बसिरहेको शैलुङ गाउँपालिका अध्यक्ष दुलालले अनलाइनखबर पाटीलाइ बताए ।
शैलुङ गाउँपालिका आज एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या १४ जना पुगेको जनाएको छ ।
यस्तै कालिञ्चोक गाउँपालिकामा आज एकैदिन १२ जनामा कोरोना पुष्टि भएसंगै सक्रिय कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ भने भीमेश्वर नगरपालिकामा १५ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
Leave a Reply