दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना

 अनलाइनखबर पाटी     २५ बैशाख २०७८, शनिबार

बैशाख -२५ दोलखा |  दोलखा जिल्लाको प्राचिन तथा ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको भीमेश्वर मन्दिरको शिलामा आज मध्यान्ह १२ बजेर १५ मिनेट देखि निरन्तर पसिना आईरहेको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले अनलाइनखबर पाटीलाइ जानकारी दिनुभयो ।

सकरात्मक वा नकरात्मक परिर्वतन तथा अनिष्टका घटनाको पुर्वसुचकको रुपमा लिइने भीमेश्वर मन्दिरको शिलामा  पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङखाले हम्कने गर्छन ।

मन्दिरको शिलामा दयाँ तथा बायाँतर्फ पसिना आइरहेको छ । भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ भने मन्दिरमा पसिना आएमा राष्ट्रपतिले क्षमा पुजा गर्नुपर्ने चलन छ ।

हालसम्म  शिलामा पसिना आएको  १९ औ पटक हो |

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट