कोरोनाकाे कारण दोलखाकी एक महिलाको मुत्यु

 अनलाइनखबर पाटी     २६ बैशाख २०७८, आईतवार

बैशाख -२६, दोलखा | दोलखा जिल्लाको विगू गाउँपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणको कारण  मृत्यु भएको छ ।

विगू गाउँपालिका स्थायी ठेगना भएका अन्दाजी ५० वर्षिया १ महिलाको काठमाडौँमा उपचारको क्रममा गएराती मृत्यु भएको विगु गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मधुकर गुरुङले बताए ।

ति महिला काठमाडौँबाट बैशाख २१ मा गाउँ फर्किएको र उनकाे स्वास्थ्यमा समस्या आएपछि सिंगटी अस्पताल हुदैँ चरिकोट अस्पताल र चरिकोट अस्पताल हुँदै काठमाडौँ रिफर गरिएको थियो ।

उनको उपचारको क्रममा गएराती मृत्यु भएको र आज आएको पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट