दोलखा प्रहरी अक्सिजन सिलिण्डर संकलन गर्दै

 अनलाइनखबर पाटी     २६ बैशाख २०७८, आईतवार

नबराज चौलागाई – बैशाख  २६, दोलखा | कोरोना भाइरस संक्रमित विरामीको संख्या बढे पछि जिल्ला प्रहरी कार्यालय दाेलखाले २६ थान अक्सिजन सिलिण्डर संकलन गरेकाे छ ।

काेराना बिरामीकाे प्रयोग गर्ने गरी दोलखा प्रहरीले गरि २६ थान अक्सिजन सिलिण्डर जिल्ला भरबाट संकलन गरेका हाे । जिल्लाका अस्पतालहरूमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ वितरणका लागि प्रहरीले विभिन्न क्षेत्रबाट ल्याईएकाे प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए ।

विभिन्न क्षेत्र तथा जलविद्युत् आयोजनाहरुसँग अक्सिजन सिलिण्डर माग भईरहेको र आईपुग्ने क्रम अझै जारी रहेको प्रनाउ रिजालले बताए ।

उनले भने “जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले शनिबार विभिन्न क्षेत्रसँग भएको अक्सिजन सिलिण्डर संकलन गरेर कोरोना भाईरस संक्रमितको उपचारको लागि प्रयोग गर्ने निर्णय गरेको लगत्तै प्रहरीले संकलन अभियान चलाएकाे हाे।”

प्रहरीले उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रबाट संकलित ४ थान भरिएको सहित २६ थान अक्सिजन सिडिण्डर संकलन गरेको छ ।

प्रहरीले इलाका प्रहरी कार्यालय सिंगटीबाट ७ थान र चरिकोट आसपास तथा विभिन्न क्रसर उद्योगहरुबाट गरी १९ थान सिलिण्डर संकलन गरेको हो ।

अस्पतालमा संक्रमित बिरामीको चाप बढ्दै गएको र भर्ना भएका अधिकांशलाई अक्सिजन आवश्यक रहेको भन्दै अस्पतालका चिकित्सकहरुले ग्यास सिलिन्डर सहयोग गर्न अपिल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट