कांग्रेस नेता लामाको पहलमा मेलुङ गाँउपालिकामा स्वास्थ्य सामग्री वितरण
अनलाइनखबर पाटी २१ जेष्ठ २०७८, शुक्रबार
शोभित उप्रेती – जेष्ठ २१, दोलखा | दोलखा जिल्लाको मेलुङ गाउपालिका वडा न. ६ को बिपत ब्यबस्थापन समितिले गाउपालिकाका स्वास्थ्य चौकीहरुमा स्वास्थ सामग्री वितरण गरेको छ |
बिपत समिति मार्फत मेलुङ स्वस्थ्य चौकी लाई ५ वटा आइस्युलेसन बेड र अक्सिजन शिलिन्डर ३ वटा र मेलुङ १ पवटीमा २ वटा आइस्युलेसन बेड र २ वटा अक्सिजन सिलिन्डर सहित, पि पि य ५ थान र सेनिटाइजर, केहि मास्क, लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको छ |
नेपाली कांग्रेस दोलखाका युवा नेता आदरणीय बर्मा लामाको अगुवाइमा गरीएको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मेलुङ गाउँपालिका प्रबक्ता तथा वडा न ३ को वडा अध्यक्ष हिरा कुमार तामाङ , वडा न १ का वडा अध्यक्ष इश्वर कोइराला, स्वास्थ प्रमुख राम बहादुर योगी र कपिलमणि न्यौपाने लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री वितरण गरिएको बिपत ब्यबस्थापन समितिका अध्यक्ष तथा मेलुङ गाउपालिका वडा न. ६ का वडा अध्यक्ष कुसुम लामाले अनलाइन खबर पाटीलाइ बताउनु भयो |
सो कार्यक्रम तथा बिपत ब्यबस्थापन समितिलाई धन्यबाद दिदै मेलुङ गाउँपालिका प्रबक्ता तथा वडा न ३ को वडा अध्यक्ष हिरा कुमार तामाङले यो विषम परिस्थितिमा केहि व्यक्ति तथा गैरजिम्मेवार समुहहरुले आफूखुसी सहयोग रकम तथा चन्द उठाउने र मनलागी ढंगबाट अव्यवहारिक तबरले खर्च गर्दा बिकृति जन्मी रहेको हुँदा व्यक्तिगत प्रयोजनका लागि नभई यसरी सस्थागत हुने गरी एक द्द्वर मार्फत कार्य गर्न आग्रह गर्नु भयो |
नेपाली काँग्रेस दोलखाका युवा नेता बर्मा लामाको बिशेष पहलमा जापानमा रहनु भएको शम्भु केसीको नेत्रित्वमा गौरीशकर बिजनेस ग्रुप दोलखा जापानबाट ६ वटा अक्सिजन सिलिन्डर बिपत ब्यबस्थापन समितिलाई उपलब्ध भएको हो | र अन्य स्वास्थ्य सामग्री बिपत ब्यबस्थापन समितिले व्यवस्था गरेको थियो | नेता लामाले सहयोगी मनहरुलाइ जोड्दै स्वास्थ्य सामाग्री बिपत ब्यबस्थापन समिति उपलब्ध गराई मेलुङबासिलाइ यो विषम परिस्थितिमा सहयोग गर्नु भएको छ |
नेता लामाले मेलुङको जनता बिरामी पर्दा चरिकोट ,काठमाडौ लैजानु नपरोस र मेलुङ भित्रै उपचार होस भनेर देश बिदेशमा बस्नु हुने साथिहरुसंग सहकार्य गरेको उहाको भनाइ छ |
सबै सहयोगि मनका धनी मित्रहरु तथा मेलुङ वडा न ६ को बिपत ब्यबस्थापन समितिलाइ धन्यबाद दिदै नेता कुनै पनि जटिल परिस्थिको सामना गरी मेलुङ बासीलाई अफ्ठ्यारोमा पर्न दिन्न भन्दै , यो विषम परिस्थितिमा अझै जटिल स्वस्थ्य सामग्रीहरु उपलब्ध गराउनु पर्ने छ, त्यस प्रक्रियाका लागि जनप्रतिनिधि, स्वस्थ्य प्रमुखहरु र बिपत बयाबस्थापन समितिसंग सल्लाह गरेर आवश्यक पर्ने सामग्रीहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भाएको छ |
डाडाखर्क स्वस्थ्य चौकीलाई २ थान बेड र १ थान अक्सिजन सिलिन्डर र वडा न ३ को स्वस्थ्य चौकीलाई २ थान बेड र भेडपु स्वस्थ्य चौकीलाई पनि २ थान बेड भोलि तिर वितरण गर्ने तयारी रहेको बिपत ब्यबस्थापन समितिका अध्यक्ष कुसुम लामाले बताउनु भयो |
Leave a Reply