चरिकोटका कुकुरलाई खाना खुवाउने अभियान संचालन-डिनरमा चिकेन बिरयानी
अनलाइनखबर पाटी २६ जेष्ठ २०७८, बुधबार
जेष्ठ २६, चरिकोट | दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजार क्षेत्रमा भोक भोकै रहेका सामुदायीक कुकुरलाई दोलखाली युवाहरुले खाना खुवाउने अभियान संचालनमा ल्याएका छन् ।
दोलखा जिल्लामा जारी निषेधाज्ञाका कारण बजार क्षेत्रका सामुदायीक कुकुरहरु भोकभोकै मर्ने अवस्थामा पुगेको भन्दै दोलखाको चरिकोट बजारका व्यवसायी युवाहरुले खाना खुवाउने अभियान सुरु गरेका हुन् |
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ। यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ ।
युवा ब्सायबसायी तथा सामाजिक अभियान्ताहरुले आज दिउसो सदरमुकाम चरिकोटका सामुदायीक कुकुरलाई पाउरोटी, विस्कुट, दुनोट र बम खुवाएको र साझको डिनरमा चिकेन बिरयानी खुवाइएको अभियान्ता राजु केसीले अनलाइन खबर पाटीलाइ जानकारी दिएका छन्
तरुण दल दोलखाका अध्यक्ष शेर्पा सहित नेताहरु गणेश थापा, बरुण लामा, कर्मा शेर्पा, कपिल भण्डारी, मंगल शेर्पा लगाएतको संयोजनमा भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ चरिकोट बजार र वडा नम्बर २ दोलखा बजारका सामुदायीक कुकुरलाई ३ सय ५० वटा दुनोट र विस्कुट खुवाइएको छ । यो अभियान जिल्लामा निषेधाज्ञा जारी हुने बेला सम्म सञ्चालन हुने अध्यक्ष दावासाङ्गे शेर्पाले जानकारी दिनुभयो ।
सफल व्यवसायी तथा समाजसेवी राजु केसीकाे आर्थिक सहयाेगमा अभयपुर युवा क्लबकाे श्रम सक्रियतामा पाखलती बजारकाे कुकुरलाई चिकेन बिरयानी डिनर खुवाउने कार्य सम्पन्न भएको अभयपुर युवा क्लब दाेलखा स्रोतले बताएको छ |
यो विषम परिस्थितिलाई मध्यनजर गर्दै संचालन गरीएको दोलखाका सामुदायिक कुकुरलाई खाना खुवाउने अभियान निषेधाज्ञा भर यो संचालन गरिने केसीको बनाइ छ |
Leave a Reply