रोडसीको त्रासबाट नेपाली मुक्त भएको चिनियाँ अधिकारीको खुलासा

 अनलाइनखबर पाटी     ६ असार २०७८, आईतवार

शोभित उप्रेती – असार ६ दोलखा | तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन । पहिरोले थुनिएका रोडसी खोलाका चाईनिजहरुले खुलाए पछि नेपालमा जोखिम टरेको हो ।

भारी बर्षासँगै आएको पहिरोले थुनिएको तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको तिव्वतको रोडसी खोलामा ताल बनेको थियो ।
चिनिया राजदुतवास बाट चिनियाँ टोलीले ताल खोलेको र क्षेति नहुने गरी पानी छाड्न सुरु गरिएको जानकारी आएकोले नेपालमा जोखिम नहुन दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी आएको बताए ।

चिनियाँ अधिकारी र सुरक्षाकर्मीले पहिरो पन्छाएर तालको पानीलाई खोलेका जानकारी आउन साथ तामाकोशी नदीको आसपासमा बसोवास गर्ने नागरिकमा  त्रास हटेको छ ।

दुई दिनदेखि पानी जमेर बनेको ताल खोलेर नदीमा पानी प्रवाह गर्न थालिए पछि तामाकोशी नदीमा बाढी आउने खतरा तत्कालका लागि टरेको नदी किनारमा बसोवास गर्ने लोकराज पाठकले बताए ।

ताल भरिएर बगेको पानी तामाकोशी नदीमा मिसिदा हिजो वेलुकी पानीको बहाव बढेको थियो । तर, आईतबार बिहान ३ बजेदेखि तामाकोशीको जलाशयमा पानीको वहाव लगातार घट्दै गएको थियो ।

नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै पहिरोले खोला थुनिएर ताल बनाएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *