रोडसीको त्रासबाट नेपाली मुक्त भएको चिनियाँ अधिकारीको खुलासा
अनलाइनखबर पाटी ६ असार २०७८, आईतवारशोभित उप्रेती – असार ६ दोलखा | तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन । पहिरोले थुनिएका रोडसी खोलाका चाईनिजहरुले खुलाए पछि नेपालमा जोखिम टरेको हो ।
भारी बर्षासँगै आएको पहिरोले थुनिएको तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको तिव्वतको रोडसी खोलामा ताल बनेको थियो ।
चिनिया राजदुतवास बाट चिनियाँ टोलीले ताल खोलेको र क्षेति नहुने गरी पानी छाड्न सुरु गरिएको जानकारी आएकोले नेपालमा जोखिम नहुन दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी आएको बताए ।
चिनियाँ अधिकारी र सुरक्षाकर्मीले पहिरो पन्छाएर तालको पानीलाई खोलेका जानकारी आउन साथ तामाकोशी नदीको आसपासमा बसोवास गर्ने नागरिकमा त्रास हटेको छ ।
दुई दिनदेखि पानी जमेर बनेको ताल खोलेर नदीमा पानी प्रवाह गर्न थालिए पछि तामाकोशी नदीमा बाढी आउने खतरा तत्कालका लागि टरेको नदी किनारमा बसोवास गर्ने लोकराज पाठकले बताए ।
ताल भरिएर बगेको पानी तामाकोशी नदीमा मिसिदा हिजो वेलुकी पानीको बहाव बढेको थियो । तर, आईतबार बिहान ३ बजेदेखि तामाकोशीको जलाशयमा पानीको वहाव लगातार घट्दै गएको थियो ।
नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै पहिरोले खोला थुनिएर ताल बनाएको थियो ।
Leave a Reply