कांग्रेसलाई बिजय गराउने उद्घाेष गर्दै कार्यबाहक अध्यक्षकाे जिम्मेवारी लिए तमाङले
अनलाइनखबर पाटी १५ चैत्र २०७८, मंगलवार
चरिकोट १४ चैत । नेपाल दरुण दल जिल्ला कार्यसमिति दोलखाको कार्यबाहक अध्यक्षमा चित्रकुमार तमाङलाई जिम्मेवारी दिईएको छ । आज तमाङलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको उपस्थितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीको पत्र दिएको हो । नेपाल तरुण दल दोलखाको अध्यक्ष दावासाङ्गे शेर्पा नेपाली कांग्रेस दोलखाको सचिबमा बिजयी भए पश्चात् तरुण दल दोलखा अध्यक्ष बिहिन अबस्थामा थियो । आज शेर्पाले एक पत्र लेख्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । चित्रकुमार तमाङ दोलखाका युवाहरु माझ लोकप्रिय नेता हुन् । स्थानिय निर्बाच नजिकीदै गर्दा तरुण युवाहरु परिचालन गर्न पनि तमाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको पार्टी सचिब दावासाङ्गे शेर्पाले बताए । उपाध्यक्ष रहेका तमाङलाई कार्यबाहक अध्यक्ष दिएकाे हाे।
Leave a Reply