शैलुङको भैसेमा प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले भने देश र जनताको सेवामा सधैं समर्पित नेपाल प्रहरी

 अनलाइनखबर पाटी     १६ चैत्र २०७८, बुधबार

शाेभित उप्रेती,दोलखा १६ चैत । बाग्मती प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रकाश जंग कार्कीले नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको बताए । पर्यटकीय शैलुङको भैसेमा प्रदेश सरकार दुवारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले अत्याधुनिक भवनको कर्याकक्षमा बसेर प्रहरीले छिटो छरितो रुपमा देशर जनता सेवा गर्ने दाबि गरेकाछन ।
कार्की भन्छन प्रहरीले स्थानिय जनताको समस्यालाई बुझेर उनीहरुकै मन मुटुमा रहेर काम पदर्छ।
शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भन्छन आठ वटा वडा रहेको एउटा गाउँपालिकामा शान्ती सुरक्षाको लागी तिनवटा प्रहरी बिटले हेर्ने हुदा कोडिनेसन गर्न आुफलाई गाहे भएको छ । इलाका प्रहरी कार्यालय मागापौवामा प्रहरी निरिक्षकको दर्बन्दी स्थापित गरि पुरै गाउँपालिका मागापौवाले नै हेर्ने अबस्था बनाई दिन बाग्मती प्रदेशका प्रहरी प्रमुख डिआईजी प्रकाश जंग कार्कीलाई अनुरोध गरे ।
उनले देशै प्रमुख गन्त्ब्य स्थल बन्ने सम्भावना बोके शैलुङ क्षेत्रको कालापानीमा प्रहरी चौकी राखी दिन समेत आग्रह गडरे । दैनिक दुई तिन सय आन्तरिक तथा बाह्य पर्यटक आउने हुदा पर्यटकको लागी पनि चौकी अपरिहार्य रहेको अध्यक्ष दुलालले बताए ।
शैलुङ क्षेत्रको सुरक्षाको लागी ढुक्कहुने अबस्था प्रहरी चौकीको भवन निमार्ण पछि भएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । समाजमा अपराधी घटनामा संलग्नहरुलाई प्रहरी हिरासदमा राखी कानुनी कार्वाही गर्न महिला पुरुष छुटाछुटै राख्ने सकिने कक्ष बनाई भवन निमार्ण भएकोमा प्रजिअ खतिवडाले भवनको तारिफ गरेकाछन ।
भौतिक पूर्वाधार निमार्णले नेपाल प्रहरी कर्मचारीहरुको कार्य क्षमतामा सकारात्मक प्रभाव पार्न दोलखाका प्रहरी प्रमुख डिएसपी गंगाप्रसाद पौड्याले प्रष्टपारे । सुविद्या सम्पन्न भवनको उपयोग गर्दै आगामी दिन झन प्रहरीबाट दिने सेवा प्रभावकारी हुने , अनुसन्धान सहज र सुरक्षित हुने,मानव अधिकारका पेचिला प्रश्नहरु, पेचिला सवालहरु सम्बोधन हुने बिश्वास आफुले लिएको डिएसपी पौड्यालले बताए ।
आफ्नो नेतृत्वमा रहेको दोलखा प्रहरी नगरिक मैत्रि रहेको दाबि गर्दै डिएपी पौड्यालले भने प्रहरीले गरेका हेरक कार्य सफल रहन नागरिको मन जितेको हुन पर्छ । अपराध रोकथाम अनुसन्धान तथा शान्ती सुरक्षा कायम गर्न प्रहरीको मुख्य काम भएको उनले बताए ।
प्रहरी चौकी भैसेको उद्घाटन समारोहमा जग्गा दान गर्ने ब्यक्तित्वहरु,स्थानिय समाजसेविहरु,स्थानिय राजनैतिक दलका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान सम्मान गरिएको छ । २०७६ माघ ६ गते सम्झौता गरि भजन बनाउन सुरु गरे पनि कोभिड जस्ता महामारी कारण २०७८ कार्तिक ७ गते नै सम्पन्न भएको बरिष्ठ प्रहरी नायव निरिक्षक लोकदर्शन देवकोटाले जानकारी दिए । यो भवन निमार्णको लागी २ करोड ९ लाख ४१ हजार १ सय ४२ रुपैया ६३ पैसा खर्च भएको बरिष्ठ प्रहरी नायव निरिक्षक देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट