सर्वसम्मत रूपमा स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल गर्ने निर्णय

 अनलाइनखबर पाटी     १६ चैत्र २०७८, बुधबार

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ ।

गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गर्दै मंगलबार सकिएको हो ।

केन्द्रदेखि जिल्लासम्म संयन्त्र बनाइने

कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा पक्षविपक्षमा बहस हुँदै आएको थियो । तर, केन्द्रीय समिति बैठकमार्फत भने कांग्रेसले सर्वसम्मत रूपमा नै तालमेलको निर्णय गरेको हो । जारी बैठकमा तालमेल’bout निर्णय गर्न कठिन भएपछि मंगलबार बसेको केन्द्रीय समिति बैठकअघि शीर्ष तहमा छलफल भएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल गर्ने निर्णय भएको जानकारी दिए । ‘बैठकले सर्वसम्मत रूपमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ, अब गठबन्धनभित्रबाट पनि सर्वसम्मत रूपमा तालमेलको निर्णय हुन्छ,’ नेता पौडेलले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने विषयमा सर्वसम्मत रूपमा निर्णय गरेको जानकारी दिए ।

‘स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय भएको छ, निर्णय कार्यान्वयनका लागि केन्द्र, प्रदेश र जिल्ला तहमा संयन्त्र बन्छ,’ प्रवक्ता महतले भने ।

उनले विधानमा भएको व्यवस्थाअनुसार नै तहगत रूपमा उम्मेदवार छनोट हुने बताए । कांग्रेस विधानमा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न चार तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ ।

‘जुन तहलाई जे अधिकार दिइएको छ, त्यहीअनुसार उम्मेदवार छनोटको प्रक्रिया अघि बढ्छ,’ महतले अघि भने ।

कांग्रेस विधानमा प्रदेश क्षेत्रीय समितिलाई वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेश समितिलाई उपमहानगर र नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको उम्मेदवार’bout निर्णय गर्ने अधिकार छ ।

बैठकले गत ३० फागुनमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयलाई अनुमोदनसमेत गरेको छ । यसैगरी, कांग्रेस विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, स्थानीय तह निर्वाचनका लागि विभिन्न समितिसमेत गठन गरिएको छ । बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । सो समितिको संयोजक उपसभापति पूर्णबहादुर खड्कालाई तोकिएको छ । यसैगरी प्रवक्ता महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट