कृषि क्षेत्रलाई माथि उठाउन ईजरायल संग सहकार्य गर्ने नेपाल चेम्बर अफ कमर्सकाे घाेषणा

 अनलाइनखबर पाटी     २० चैत्र २०७८, आईतवार
  1. दीपशंकर चाैलागाई
    दाेलखा २० चैत ।नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय उपाध्यक्ष नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय उपाध्यक्ष दिपक श्रेष्ठले दाेलखा चेम्बर अफ कर्मसकाे तेस्रो साधारणसभाकाे उद्घाटन गरेकनछन ।पवित्र धार्मिक स्थल त्रिपुरा सुन्दरीकाे मन्दिर परिसरमा रहेको चम्मपुजा पार्कमा गरिएको चेम्बर अफ कमर्स सभा लाई सम्बाेधन गर्दै श्रेष्ठले मानवीय सेवा समेत दाेलखा चेम्बर अफ कमर्सले काम गरेकोमा तरिफ गरेकाछन ।उनले कृषि क्षेत्रलाई माथि उठाउन ईजरायल संग सहकार्य गर्ने याेजना आफ्नाे चेम्बर बनाएकाे बताए ।

प्रमुख जिल्ला अधिकारी भाेजराज खतिवडाले दाेलखामा रहेका उद्योगी ,ब्यापारीहरू कर आतंकबाट तर्सित रहेकाे सुनिएकाेले कर अझै उद्योगी ,ब्यापारीले नबुझेले कर शिक्षा लिन आग्रह गरेकाछन ।आतंकित नबन्न उनले अपिल समेत गरे ।

हक हित र संरक्षणकाे लागि स्थापना भएकाे संस्थाले मानविय सेवाका कार्य संचालन गर्दै आएकाे छ। भुकम्प हाेस् या काेभिड बाट आक्रान्त उधाेगी ब्यापार लाई चेम्बर अफ कर्मस ले निरन्तर सेवा गर्दै आएकाे छ ।दोलखा जिल्ला भित्र रहेर उद्योग, व्यापार, व्यवसाय गर्नु हुने महानुभावहरुको सद्भाव रहेको हामीले महसुस गर्दै आएका छौं अध्यक्ष बिष्णु श्रेष्ठले भने यस संस्थाको प्रमुख उद्देश्य भनेकै उद्योग व्यापार र व्यावसायीहरुको क्रियाकलापहरुमा सहयोग पुयाई संगठित गर्दै सहकार्यमा निरन्तर सहभागी रहनु नै हो ।
तुलनात्मक रुपमा हाम्रो जिल्ला भित्र धेरै ठूला व्यापारिक, औद्योगिक र व्यावसयिक प्रतिष्ठानहरुको प्रयाप्त रुपमा स्थापना भई सञ्चालनमा आउन सकिरहेको अवस्था न्यून रहेको देखिन्छ । तथापी प्रयासहरु भने भइरहेका छन् ।

सरकारी नीति नियमहरुको झन्झटिलो प्रक्रियाको कारण वस्तु वा सेवा उत्पादन गर्ने भन्दा आयात गर्न सहज हुने अवस्थाको कारण घरेलु उद्योग र उत्पादन कमजोर बन्दै जानले बेरोजगार युवा युवतीहरु विदेशिन • वाध्य भएका दाेलखा चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रूद्र जंग बुढाथोकीले बताए ।बुढाथाेकी भन्छन देशमा उत्पानशिल जनशक्ति अभाव हुदै गएको छ , यस्तै समस्याको वीचमा स्थापित यस दोलखा चेम्बर अफ कमर्सले प्रथम साधारण सभा पश्चात संस्थागत संरचनामा सदस्यहरुको सहभागिता उनीहरुको समस्यामा सहयोगीको भूमिका निर्वाह गर्दै जिल्ला नगर र गाउँपालिका तहसम्म आफ्नो संरचना निर्माण गर्न प्रयासरत रहँदै आएको छ ।

२०७५ असार १७ मा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सामाजिक सेवाको दायित्व अन्तर्गत चरिकोट बसपार्क, कालिञ्चोक गाउँपालिकाको सोती बजार र मेलडाँडा लगायतका व्यवसायीहरुको आगलागीका कारण सम्पूर्ण धनजन क्षेती भई व्यवसायमा पुनः स्थापना हुन कठिन परिस्थितिमा यस दोलखा चेम्बर अफ कमर्सले थोरै भएपनि आर्थिक सहयोग जुटाई पिडितहरुलाई सहयोग गरी व्यवसायिक मलम लगाउने काम गरिएको दाेलखा चेम्बर अफ कर्मसकन महासचिव पाण्डव पाण्डेले जानकारी दिए।

उनलेे भने गौरीशंकर गाउँपालिकाको जुँगुका पहिरो पिडित नागरिकहरुलाई लत्ता कपडा र खाद्यन्न स्थलगत रुपमा उपस्थित भई सहयोग गरेको ,साथै विश्वभर फैलिएको कोरोनाको प्रारम्भ अवधिमा नेपालमा माक्स समेत खरिद गर्न नपाउँदाको अवस्थामा नेपाल चेम्बर अफ कमर्सको सहयोगमा कोभिड नियन्त्रणका लागि जिल्ला भित्र अग्रपंक्तिमा खटिई काम गर्ने प्रशासक, सेना, प्रहरी, स्वास्थ्यकर्मी, उद्योग व्यवसायी, पत्रकारहरुलाई माक्स वितरण गरिएको थियो ।

अग्रपंक्तिमा खटिने संघ संस्था लगायत प्रशासक, सेना, प्रहरी, स्वास्थ्यकर्मी पत्रकारहरुलाई सम्मान पत्रद्वारा सम्मानित समेत गरेकाे पाण्डेले बताए। महिला उद्यमीहरुलाई व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले सेन्चुरी कमर्सियल बैंक सँग सहकार्य गरी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
दाेलखा चेम्बर अफ कर्मसकाे तेस्रो साधारणसभाले अध्यक्ष बिष्णु श्रेष्ठ ,बरिष्ठ उपाध्यक्ष बिरशंकर शाही , प्रथम उपाध्यक्ष पुरषाेतम शाह,दितिय उपाध्यक्ष रूद्र जँग बुढाथोकी ,महासचिव पाण्डव पाण्डे ,सचिव रामकृष्ण श्रेष्ठ ,काेषाध्यक्ष राजकुमार खड्का ,सहकाेषाध्यक्ष पवित्रा पाैड्याल सदस्यहरूभरत बस्नेत ,हरि श्रेष्ठ ,
बिनाेद जिरेल ,नबराज खतिवडा ,कृष्ण नेपाली ,जानुका सापकोटा ,प्रदीप थापा,राम तमाङ,संगम बस्नेत सर्वसम्मत निर्वाचित भएकाछन ।
महिला चेम्बर अफ कमर्सकाकाे अध्यक्षमा नविना तमाङ श्रेष्ठ ,उपाध्यक्ष बविता अधिकारी कार्की,सचिव सविता श्रेष्ठ,सहसचिव ओसिना बिक,काेषाध्यक्ष सन्तोष श्रेष्ठ ,सह काेषाध्यक्ष निमदिकी शेर्पा, सदस्य जमुना श्रेष्ठ रहेका छन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट