गठन्धनलाई बिजयको शिरमा पुराउने एक मात्र माओवादी नेता अधिकारी

 अनलाइनखबर पाटी     १० बैशाख २०७९, शनिबार

गठन्धनलाई बिजयको शिरमा पुराउन हो भने बैत्यश्वर गाउँपालिकाको उप प्रमुखमा रमेश अधिकारी लोकप्रिय नेता हुन । नेकपा माओवादी केन्द्रका नेता रमेश अधिकारीलाई सर्वसम्वत उपप्रमुख बनाउने कोशिसमा पार्टी कमीटी लागी परि रहेको छ । गठन्धनलाई बिजयको शिरमा पुराउन अधिकारी लोक प्रिय नेता हुन । भुगोल र क्षमताको अधारमा अधिकारी उपयुक्त पात्र भएको गाउँपालिकाको प्रमुखको टिकट पाउने नेपाली कांग्रेस पार्टीका नेताहरुले समेत बताएकाछन । जनताका माझ लोकप्रिय नेता अधिकारी ७४ वडा मै उत्कृष्ठ वडा अध्यक्ष समेत ठहर भएका थिए ।
। जटिल राजनीतिक अवस्था भएको बैतेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

गाउँपालिका उपाध्यक्षका लागि माओवादी केन्द्रबाट रमेश कुमार अधिकारी, परशुराम रिमाल ‘कपिल’, माधव दाहाल लगायतले चासो राखेका छन् । अधिकारी बैतेश्वर गाउँपालिकाका एक मात्र निर्वाचित माओवादी वडा अध्यक्ष हुन् । ४ जना मध्ये उनी सत्ताको अनुभव भएका एक मात्र नेता हुन् । उनी निष्ठावान नेताको रुपमा हेरिन्छन । पार्टीका पालिका इन्चार्ज तथा अध्यक्षमा सिफारिस भएका लक्ष्मण खड्का, पालिका अध्यक्ष भिमबहादुर श्रेष्ठले भने उपाध्यक्ष नलड्ने बताईएको छ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट